मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ मङ्सिर २३ बिहीबार ०७:०९:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल, आयरल्यान्ड, युएई र ओमान एकै समूहमा

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर २३ बिहीबार ०७:०९:००

अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि हुने ग्लोबल छनोटमा नेपालले बलियो राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको समूह चरणमा नेपालले आयरल्याण्ड, युएई, ओमान क्यानडा, फिलिपिन्स, जर्मनी र बहराइनविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

नेपाल समूह एमा छ । यस समूहमा आठ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको नेपाल त्यसयता छनोट हुन सकेको छैन । ग्लोबल छनोटको समूह बीमा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् ।