मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २२ बुधबार १७:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निमोनियाको निःशुल्क खोप कार्यक्रमसहित महानगर दिवस मनाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २२ बुधबार १७:२५:००

निमोनियाको निःशुल्क खोप कार्यक्रमलाई प्राथमिकतामा राख्दै काठमाडौं महानगरपालिकाले २७औँ महानगर दिवस मनाउने तयारी गरेको छ। सेवाग्राही सर्वेक्षण, जेष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित  २७, २८ र २९ मंसिरमा २७औँ महानगर दिवस मनाउन लागिएको हो । 

महानगर दिवसको अवसरमा निमोनिया खोप कार्यक्रम सञ्चालन गरिनेछ। निःशुल्क मास्क वितरण, कोभिडविरुद्धको खोप सञ्चालन, विद्यालयस्तरमा ‘सांस्कृतिक सहर, काठमाडौं महानगर’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितालगायत कार्यक्रम पनि सञ्चालन हुने महानगरले जनाएको छ । वार्षिकोत्सव कार्यक्रम वसन्तपुरमा आयोजना हुनेछ। समारोहमा परम्परागत बाजागुरु, कलाकार, शिक्षकलगायतलाई सम्मान गरिनेछ।