मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २१ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २१ मंगलबार १२:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

त्रिविका करार शिक्षकलाई स्थायी नगर्न माग राख्दै विद्यार्थी संगठनले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २१ मंगलबार १२:४७:oo

त्रिभुवन विश्वविद्यालयमा करार सेवामा कार्यरत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने प्रस्तावको विरोध गर्दै विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले करारमा कार्यरत शिक्षकलाई आन्तरिक प्रतियोगिताबाट स्थायी गरिने निर्णय सच्याउन माग राख्दै मंगलबार ज्ञापनपत्र बुझाएका हुन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा (माओवादी केन्द्र)निकट अखिल (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल (छैटौँ)लगायतका सात विद्यार्थी संगठनले ध्यानाकषर्णसहित ज्ञापनपत्र बुझाएका हुन्।

उनीहरूले ज्ञापनपत्रमार्फत् अन्य माग पनि राखेका छन्। चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिने मणिपाललगायतका सबै मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने, सार्वजनिक यातायात भाडा घटाउनुपर्ने, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्नेलगायत माग राखेका छन्। ज्ञापनपत्रमा सात विद्यार्थी संगठनका अध्यक्षले हस्ताक्षर गरेका छन्।

करार सेवामा कार्यरत शिक्षकले मात्रै उपप्राध्यापक बन्न पाउने र करारमै रहेका शिक्षकलाई स्थायी नियुक्ति दिन लागिएको भन्दै उनीहरूले गत बिहीबार त्रिविमा तालाबन्दीसमेत गरेका थिए। त्रिविसभाको केही दिनअघि बालुवाटारमा बसेको बैठकले करार सेवामा कार्यरत करिब चार सय ८० शिक्षकलाई आन्तरिक प्रतियोगिताबाट स्थायी गरिने निर्णय गरेको थियो। विद्यार्थी संगठनहरूले उक्त निर्णय तथा प्रस्ताव फिर्ता लिन माग गर्दै आइरहेका छन्।