१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १९ आइतबार
  • Friday, 05 July, 2024
रमेश रावल सुर्खेत
२o७८ मङ्सिर १९ आइतबार o९:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७८ मङ्सिर १९ आइतबार o९:१६:oo

नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजय भएका छन् । शाही संस्थापन (सभापति शेरबहादुर देउवा) समुहका हुन् ।  कुल खसेको ७ सय ५४ मतमध्ये ललितजंगले ४ सय २२ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गरे भने मोतीराज बलमे ७ मत प्राप्त गरेका छन् । खसेको कुल मतसंख्यामध्ये ८ मत बदर भएको छ ।

भुपेन्द्रजंग संस्थापनइतर (वरिष्ठ नेता रामचन्द्र पौडेल) समुहका हुन् भने मोतीराज पार्टी उपसभापति विमलेन्द्र निधी समुहका हुन् । सभापति बाहेकका अन्य पदाधिकारी तथा सदस्यहरुको मतगणना भईरहेको  छ ।

ad
ad
ad
ad