![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/swastik2021-12-05-08-31-45.jpeg)
केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिजलाई आर्थिक वर्ष ०७७/७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यातकर्ता भएकोमा मोरङ व्यापार संघले सम्मान गरेको छ । संघले उक्त सम्मान आफ्नो ६५औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहको अवसरमा अर्थमन्त्री जनार्दन शर्माबाट स्वस्तिक आयलका सञ्चालक विकास दुगडलाई प्रदान गरेको हो ।
स्वस्तिक आयल इन्डस्ट्रिजले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावर तेल, सनफ्लो सनफ्लावर तेलजस्ता गुणस्तरीय तथा लोकप्रिय तेलहरू उत्पादन गरी बिक्री–वितरण गर्दै आइरहेको छ ।