तीन दशकअघि रेडियो नेपालमा रेकर्ड गरिएको चञ्चले रै’छ तिम्रो त्यो बानीको रिमेक आउने भएको छ । भ्वाइस अफ नेपालको फस्र्ट रनरअप तारा श्रीस मगरले आवाजमा रेकर्ड भएको चञ्चले रै’छ तिम्रो त्यो बानीको रिमेक भर्सन रोधी डिजिटलले निर्माण गरेको हो ।
उमा गुरुङको संकलन रहेको गीत रेडियो नेपालमा २०४८ सालमा रेकर्ड भएको थियो । त्यसको तीन वर्षपछि २०५१ मा निर्माण भएको चलचित्र सीमारेखामा समेत समावेश गरिएको उक्त गीत अनुमति लिएरै रिमेक गरिएको रोधी डिजिटलका प्रितम गुरुङले बताए ।
नायक तथा निर्देशकसमेत रहेका गुरुङले गीतको भाव मर्न नदिन गोरखाको गाँखु गाउँमा छायांकन गरिएको बताए । जर्मनीमा रहेका संकलक गुरुङले रिमेक भर्सन आउन लागेकोमा खुसी लागेको बताइन् । निर्देशक गुरुङले आफ्नो जन्मदिनको अवसर पारेर मंसिर १५ गते गीत सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको बताए । निर्देशक गुरुङ र गीतका संकलक उमा गुरुङ नाताले फुपूभदै हुन् ।