१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ७ मंगलबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ७ मंगलबार १४:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाइलटको ड्युटी सकिएर सोमबार नेपालगन्ज झारिएका यात्रु मंगलबार मात्रै पुगे गन्तव्यमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ७ मंगलबार १४:४५:oo

पाइलटको ड्युटी समय सकिएर सोमबार नेपालगन्ज एयरपोर्ट झरेका यात्रुलाई मंगलबार गन्तव्यमा पुर्‍याइएको छ। उनीहरूलाई मंगलबार बिहान त्यही ट्विनअटर जहाजले नेपालगन्जबाट रुकुम पुर्‍याएको हो।

पाइलटको ड्युटी समय सकिएपछि सोमबार रुकुम चौरजहारीका लागि छुटेको जहाज नेपालगन्जमै अवतरण भएको थियो। बीचमै जहाज अवतरण गराएर यात्रुलाई अलपत्र पारेको भन्दै पयर्टनमन्त्री प्रेमबहादुर आलेले मंगलबार नेपाल वायुसेवा निगमसँग स्पष्टीकरणसमेत सोधेका छन्। रुकुम चौरजहारीको लागि काठमाडौंबाट दिउँसो ३ बजे छुटेको निगमको ट्विनअटर जहाज पाइलट पेम्बा शेर्पाले नेपालगन्जमै अवतरण गराएका थिए। उनले जहाज बीचबाटोमै अवतरण गराएपछि जहाजका यात्रुहरूले जहाजभित्रै होहल्ला गर्दै गन्तव्यमा पुर्‍याइदिन माग गरेका थिए।

पाइलट शेर्पाले आफ्नो ड्युटी समय सकिएकोले अवतरण गरिएको बताएका छन्। यात्रुलाई गन्तव्यमा नपुर्‍याई बीचमै अवतरण गरेको भन्दै मन्त्री आलेले उक्त विषयमा छानबिन गर्नसमेत निगमलाई निर्देशन दिएका छन्। उनले यात्रुहरूबाट गुनासो आएपछि निगमलाई यस्तो निर्देशन दिएका हुन्। नेपाल नागरिक उडड्यन प्राधिकरणले पनि निगमसँग स्पष्टीकरण सोधेको छ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सोमबार यात्रुहरूलाई गन्तव्यमा पुर्‍याइएको दाबी गरे। उनले पाइलटले सानो गल्ती गर्दा यात्रुहरूले दुःख पाएको बताए। ‘यसबारेमा मन्त्रालयले पनि सोधेको छ, हामीले पाइलटसँग पनि सोधेका छौँ, गल्ती गरेको भए कारबाही हुन्छ, यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउने दायित्व हाम्रो थियो, पुर्‍यायौँ,’ उनले भने। उनका अनुसार मंगलबार बिहान त्यही ट्विनअटर जहाजले नेपालगन्जबाट यात्रुलाई रुकुम पुर्‍याएको हो।