मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर ५ आइतबार ०८:३८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ए डिभिजन लिग : संकटाले शेर्पासँग अंक बाँड्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर ५ आइतबार ०८:३८:००

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटाले एक गोलको अग्रता जोगाउन नसक्दा अंक बाँड्नुपरेको हो ।

खेलको ६०औँ मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाए । गोलरक्षक दीप कार्कीको गल्तीको फाइदा उठाउँदै गोल गरेका रुचाल यस वर्षको लिगमा गोल गर्ने पहिलो खेलाडी बने । खेलको ६४औँ मिनेटमा त्रिदेव गुरुङले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए । खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ दी म्याच चुनिए ।