मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ३ शुक्रबार
  • Thursday, 19 December, 2024
२o७८ मङ्सिर ३ शुक्रबार २o:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँके कांग्रेस : संस्थापन पक्षको पाँच र पौडेल पक्षको तीन पालिकामा जित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ३ शुक्रबार २o:५७:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बाँकेमा भएको पालिका अधिवेशनमा संस्थापन पक्षले पाँच र संस्थापन इतरपक्षका उम्मेदवारले तीन पालिकामा जितेका छन्। संस्थापन पक्षले नेपालगन्ज, बैजनाथ, जानकी, खजुरा र राप्तीसोनारी गाउँपालिका जितेको छ। संस्थापन इतरपक्षले पदाधिकारीसहित कोहलपुर, डुडुवा र नरैनापुर गाउँपालिकामा जितेको छ । 
नेपालगन्ज उपमहानगरमा संस्थापन पक्षका प्रशान्त बिष्ट सभापतिमा निर्वाचित भएका छन् । उनी तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । 

नेपाली कांग्रेस बैजनाथ गाउँपालिकाको सभापतिमा पनि संस्थापन पक्षका देवबहादुर खत्री निर्वाचित भएका छन्। संस्थापन पक्षीय उमेदवारबीच भएको निर्वाचनमा केशर खड्काले ३९ मत पाउँदा अर्का उम्मेदवार रामबहादुर विष्टले २७ मत पाए। उपसभापतिमा सुरविक्रम शाह र गोपाल थारू निर्वाचित भएका छन्। 

खजुरा गाउँपालिकामा चयन भएका सभापति रमेश सिँजाली पनि संस्थापन पक्षका मानिन्छन् । कांग्रेस खजुरा गाउँपालिकाको उपसभापतिमा इरफान अहमद खाँ र भीमबहादुर सुनार, सचिवमा अर्जुनकुमार प्याकुरेल र रामजीप्रसाद पौडेल तथा सह–सचिवमा मोहम्मद वकिल खाँ र सरिफ खाँ निर्विरोध निर्वाचित भएका छन्। 

जानकी गाउँपालिकामा संस्थापन पक्षका दयाराम यादव (अहिर) भएका छन्। सचिवमा कुलराज जोशी र टीकानाथ यादव तथा सहसचिवमा रत्नबहादुर थापा क्षेत्री र हमिद अलि हल्वाई निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारी संस्थापन पक्षका भएको दाबी संस्थापन पक्षले गरेको छ। राप्ती सोनारी गाउँपालिकाको सभापतिमा संस्थापन पक्षका भीमबहादुर राना क्षेत्री विजयी भएका छन्। रानाले एक सय मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी संस्थापन इतर (कोइराला/पौडेल) पक्षका तुलाराम खत्रीले ६९ मत ल्याए। उपसभापतिमा संस्थापन पक्षकै धनबहादुर थारू र शेरबहादुर घर्तीमगर विजयी भए। 

सचिवमा संस्थापन पक्षका सन्तोष चौधरी र सुरेशकुमार डाँगी विजयी भए। सहसचिवमा तारादेवी बिक र मनोजकुमार बैश्य निर्वाचित भएको मतदान अधिकृत प्रेम शर्माले जानकारी दिए। नेपाली कांग्रेस कोहलपुर नगरपालिकाको सभापतिमा वीरेन्द्रकुमार शाह निर्वाचित भएका छन्। संस्थापन पक्षका राजेन्द्र श्रेष्ठलाई १६ मतान्तरले हराउँदै शाह नगर सभापतिमा निर्वाचित भएका हुन्। शाहले एक सय ६० मत पाए भने श्रेष्ठले एक सय ४४ मत पाए। शाहसहित उनको पूरै प्यानल निर्वाचित भएको छ। 

डुडुवा गाउँपालिकामा संस्थापन इतरपक्षका विजयकुमार यादव सभापतिमा चयन भएका छन्। नरैनापुर गाउँपालिकामा संस्थापन इतरपक्षका मेराज अहमद खाँ सभापति पदमा निर्विरोध चयन भएका छन्। उपसभापति नितेशसिंह मौर्य र रामविलाश मौर्य, सचिवमा धर्मेन्द्र यादव र रामचन्द्र यादव तथा सह–सचिवमा जगदीशप्रसाद कलवार र मन्नान अहमद अन्सारी चयन भएका छन् । निर्वाचित अधिकांश पदाधिकारी संस्थापन इतरपक्षका भएको दाबी गरिएको छ।