१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ३ शुक्रबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२o७८ मङ्सिर ३ शुक्रबार १५:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस अधिवेशन : सुर्खेतका सबै पालिकाको नेतृत्वमा देउवा पक्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७८ मङ्सिर ३ शुक्रबार १५:१२:oo

पार्टी सदस्यता विवादका कारण निर्धारित समयभन्दा पछि भएको नेपाली कांग्रेस सुर्खेतको अधिवेशनले स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ। १४औँ महाधिवेशनअन्तर्गत सुर्खेतका नौवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन भएकाे हाे।

स्थानीय तहमा पार्टी नेतृत्व चयनका लागि कुनै ठाउँमा निर्वाचन र कुनै ठाउँमा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेसका सहायक जिल्ला निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार गुर्भाकोट नगरपालिकामा हस्तबहादुर पुन, लेकबेंसी नगरपालिकामा उमेश पौडेल, चिंगाड गाउँपालिकामा डोरप्रसाद शर्मा, भेरीगंगा नगरपालिकामा रामबहादुर सिंह, बराहताल गाउँपालिकामा भीमबहादुर भण्डारी र सिम्ता गाउँपालिकामा वीरेन्द्र रावत सभापति पदमा निर्वाचित भएका छन् ।

त्यस्तै, वीरेन्द्रनगरमा उपेन्द्र खड्का, पञ्चपुरी नगरपालिकामा कृपाराम थापा र चौकुने गाउँपालिकाको कार्यसमिति सभापति पदमा नरबहादुर बास्ताेला चुनिएका छन्। गुर्भाकोट र लेकबेंसी नगरपालिकाबाहेक अन्य स्थानीय तहमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएको हो। स्थानीय तहको नेतृत्वमा सुर्खेका नौवटै पालिकामा प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष नेतृत्वमा आएको छ।

ad
ad
ad
ad