१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७८ मङ्सिर १ बुधबार १४:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

न्यायपालिकाको विवादमा सरकार मूकदर्शक हुनुहुँदैन : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७८ मङ्सिर १ बुधबार १४:३१:००

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार न्यायालयमा भइरहेको विवादको मूकदर्शक भएर बस्न नमिल्ने बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले न्यायालय स्वतन्त्र निकाय भएकाले त्यहाँ देखिएको विवाद विधिसम्मत तरिकाले समाधान गर्नुपर्ने बताए।

केही व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन नहुने उनको भनाइ थियो। ‘न्यायालय स्वतन्त्र निकाय हो। सरकार न्यायपालिकामा भइरहेको विवादको मूकदर्शक हुनुहुँदैन। विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद समाधान गनुपर्दछ,’ नेता सिंहले भने।

साथै उनले अर्ली इलेक्सनको सम्भावना नभएको भन्दै अब समयमा नै संघीय र स्थानीय निकायको निर्वाचन हुने बताए।