१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २९ सोमबार १३:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्ताको दुरुपयोग गरेर डडेल्धुरामा भएको अधिवेशन मान्य हुँदैन : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २९ सोमबार १३:५७:००

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको गृहजिल्लामा सम्पन्न वडा र पालिका अधिवेशन मान्य नहुने बताएका छन्। कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले डडेल्धुरामा सम्पन्न अधिवेशनहरू मान्य नहुने चेतावनी दिएका हुन्।

सत्ताको दुरुपयोग गरेर पुलिसको घेरामा राखेर देउवाले डडेल्धुरामा अधिवेशन गराएको उनको आरोप छ। क्रियाशील सदस्यताको विवाद देखिएको ठाउँमा पूरा नै क्रियाशील सदस्यलाई मान्यता दिने पार्टी केन्द्रीय कार्यसमिति बैठकले गरेको सर्वसम्मत निर्णय तत्काल कार्यान्वयन गर्न पनि उनले माग गरे।

‘अरे बाबा के गर्ने, हाम्रै पार्टी सभापतिको गृहजिल्लामा के गर्नुभयो ? के राम्रो भएको छ ? अहिले उहाँले सुनिराख्नुभएको छ नि त, त्यहाँको जिल्ला सभापतिले के भयो भन्ने कुरा। यो संगठन पकड गरेर विधि र नियम पूरा नगरीकन सत्तामा छु भन्दैमा पुलिसको घेरामा राखेर नभएको अधिवेशन भो भनेर घोषणा गर्दैमा हुन्छ ?’ उनले भने।

सभापति देउवाले आफ्नो घरमा पार्टी केन्द्रीय कार्य समितिको बैठक राखेकोमा समेत नेता सिंहले असन्तुष्टि व्यक्त गरेका छन्। उनले भने, ‘पार्टी केन्द्रीय कार्यसमितिको बैठक पार्टी सभापतिको घरमा राख्छ ! हिजो मैले बोलेँ कार्यालयमा राख्नु पर्‍याे नि वर्किङ कमिटी भनेर। भवनको के काम ? बुढानीलकण्ठ हामीले नदेखेको हो र भन्या ! उहाँको त्यहा घर बन्नुभन्दा अघि नै हामी त्यहाँ बुढानीलकण्ठ भगवानको पूजा गर्न जान्थ्यौँ नि त।’