१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ कार्तिक २६ शुक्रबार २०:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटकको आर्कषण केन्द्र बनेको पिसहिल स्टेसनमा राष्ट्रिय झन्डा र विश्व शान्तिको झन्डा फहराइयो

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २६ शुक्रबार २०:४१:००

पछिल्लो समय पर्यटकको आर्कषणको केन्द्र बनेको लमजुङको बेँसीसहर नगरपालिका– १० कल्मेडाँडा (पिसहिल स्टेसन) शान्तिडाँडामा नेपालको राष्टिय झन्डा र विश्व शान्तिको झन्डा फहराइएकोे छ। शुक्रबार एक कार्यक्रमका बीच नागरिक वर्ष नायक २०७५ बाट सम्मानित समाजसेवी दिनेश तामाङले पिसहिल स्टेसनमा झन्डा फहराएका हुन्। नेपालको झन्डा र विश्व शान्तिको झन्डालाई पिसहिलमा निर्माण गरिएको शान्तिको अग्रदूत भगवान गौतम बुद्धको प्रतिमाअगाडि फहराइएको छ। 

पछिल्लो समय दैनिकजसो ६०–७० जना पर्यटक पुग्ने पिसहिल स्टेसनमा राखिएको झन्डाले आन्तरिक र बाह्य पर्यटन प्रवर्धनमा सहयोग पुग्ने नागरिक वर्ष नायक २०७५ बाट सम्मानित समाजसेवी तामाङले बताए। पिसहिलका व्यवस्थापक होमलाल तामाङले नेपालसँगै विश्वमा शान्ति छाओस् भनेर शान्तिडाँडामा झन्डा राखिएको बताए। उनले भने समुन्द्री सतहबाट १ हजार ९ सय ६५ मिटर उचाइमा रहेको कल्मेडाँडामा लामो समय अमेरिकामा बसेका जितबहादुर तामाङले गाउँ फर्किएर कल्मेडाँडामा पर्यटन प्रवर्धनका लागि काम सुरु गरेका हुन्।

बेँसीसहर नगरपालिका– ८ भुस्मेका जितबहादुर तामाङले एकल दुई करोड लगानीमा रिसोर्टसमेत सञ्चालनमा ल्याएको पिसहिलका व्यवस्थापक तामाङले बताए। उक्त रिसोर्टमा एक रातमा ६० देखि ७० जनासम्म राख्न सकिनेछ।  बेँसीसहर नगरपालिका– १० मा रहेको पिसहिल स्टेसन बेँसीसहरबाट खुदी हुँदै भुस्मेसम्म सवारीसाधनमा र भुस्मेबाट एक घण्टाको पैदलयात्रापछि पिसहिल स्टेसन पुगिने पिसहिलका व्यवस्थापक तामाङको भनाइ छ।