मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २६ शुक्रबार १६:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २६ शुक्रबार १६:१३:००

नेकपा एमालेले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले सो लोगो सार्वजनिक गरेका हुन्।

लोगोमा पार्टीको चुनाव चिह्न सूर्य र पार्टीको झण्डा बोकेको गैँडा राखिएको छ। चितवन गैँडाका लागि प्रख्यात भएकाले लोगोमा गैँडा पनि समावेश गरिएको महाधिवेशन प्रचार समितिका संयोजक योगश भट्टराईले जानकारी दिए। त्यसैगरी पत्रकार सम्मेलनमा पार्टीको मूल नारा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौँ । जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ उल्लेख गरिएको जिंगल पनि सार्वजनिक गरिएको छ।

पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले महाधिवेशनमा पार्टीका सदस्यहरूले सहयोगस्वरूप उपलब्ध गराउने कम्तीमा एक सय सहयोग उपलब्ध गराउनका लागि क्युआर कोडसमेत सार्वजनिक गरेका छन्।

एमालेले महाधिवेशनमा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीहरूका लागि छुट्टै मिडिया डेस्कको समेत व्यवस्था गर्ने जनाएको छ। आसन्न मंसिर १०–१२ मा चितवनमा हुने एमालेको राष्ट्रिय महाधिवेशनमा दुई हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी हुने बताइएको छ। महासचिव पोखरेलले महाधिवेशनमा करिब आठ लाख पार्टी सदस्यहरू सहभागी हुने अपेक्षा गरिएको बताएका छन्।