१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २५ बिहीबार १४:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभ्य तरिकाले विरोध जनाउनुलाई जबराले हाम्रो कमजोरी ठाने : सर्वोच्च बार अध्यक्ष शाक्य (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २५ बिहीबार १४:१०:००

सर्वोच्च अदालत बार एसाेसिएसनका अध्यक्ष पूर्णमान शाक्यले सभ्य तरिकाले विरोध जनाउनुलाई आफूहरूको कमजोरीका रूपमा लिइएको बताएका छन्। प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै भएको धर्नापछिको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

प्रधानन्यायाधीश जबराले आफूहरूको धैर्यतालाई कमजोरी ठानेको उल्लेख गर्दै शाक्यले दुःख व्यक्त गरे। उनले अब आन्दोलनको रूप फेरिने बताउँदै शुक्रबारदेखि सशक्त रूपमा विरोधमा उत्रने घोषणा गरे। ‘हामी एकदमै सभ्य तरिकाले धैर्यधारण गरेर विरोध जनाउँदा हाम्रो कमजोरी ठानेर प्रधानन्यायाधीशले जुन हर्कत देखाउनुभएको छ, त्यसले हामी दुःखी भएका छौँ। अब हाम्रो आन्दोलनको रूप परिवर्तन भएको छ,’ सर्वोच्च बारका अध्यक्ष शाक्यले भने।

भोलिदेखि काठमाडौं उपत्यकाका सम्पूर्ण कानुन व्यवसायी परिचालन हुने उल्लेख गर्दै उनले जबरालाई सर्वोच्च प्रवेशमा समेत रोक लगाउने बताए। ‘भोलि हाम्रो १० बजे सशक्त कार्यक्रम हुन्छ। काठमाडौं उपत्यकाका सम्पूर्ण कानुन व्यवसायीको परिचालन हुन्छ,’ उनले भने, ‘भोलि फिजिकल्ली प्रधानन्यायाधीशको प्रवेशमा निषेध गर्ने हाम्रो कार्यक्रम रहेको छ।’ 

धर्नामा आज प्रहरीले बल प्रयोग गरेसँगै कानुन व्ययवसायीहरूले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेका हुन्।