मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २४ बुधबार
  • Thursday, 19 December, 2024
२o७८ कार्तिक २४ बुधबार १९:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विवादका बीच एमाले सुनसरीको जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २४ बुधबार १९:२६:oo

विवादका बीच एमाले सुनसरीको जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा गरिएको छ । इनरुवास्थित ओम साई पार्टी प्यालेसमा बुधबार आयोजित संयुक्त बैठकले इनरुवा नगरपाकिालका पूर्वमेयर खेमराज पोखरेलको संयोजकत्वमा जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा गरेको हो । 

कमिटीको उपाध्यक्षमा नन्दकुमार बस्नेत र निलम खनाल रहेका छन् । सचिवमा शत्रुधन यादव र पर्शुराम यादव रहेका छन् । यस्तै, उपसचिवमा लिलम बस्नेत र लोकेश निरौलालाई जिम्मेवारी दिइएको छ । आगामी पुस मसान्तभित्र जिल्ला अधिवेशन गर्ने गरी आयोजक कमिटी बनाइएको निरौलाले बताए । 

रेवतीरमण भण्डारीको अध्यक्षतामा रहेको पक्षको कमिटी र रमेश बस्नेत कार्यबाहक अध्यक्ष रहेको २ जेठअघिको कमिटीको संयुक्त बैठकमा दुवैजनालाई अध्यक्षता नगराउने नेतारूबीच सहमति भएको थियो । बैठकको अध्यक्षता केन्द्रीय सदस्य धर्मराज निरौलाले गरेका थिए । नेताहरूबीच एकजना केन्द्रीय सदस्यको अध्यक्षतामा बैठक बस्ने सहमति भएको थियो । 

बैठकमा प्रमुख अतिथि एमाले केन्द्रीय सचिव तथा प्रदेश १ का इन्चार्ज भीम आचार्य र विशेष अतिथि प्रदेश १ का एमाले प्रमुख देवराज घिमिरे थिए । भण्डारी र बस्नेत पक्षका दुवैतिरका सदस्यलाई जिल्ला कमिटीमा ल्याइने सहमति भएको छ । 

धरानमा रहेका रमेश बस्नेत पक्षले गरे बैठक बहिष्कार
संयुक्त बैठकलाई २ जेठ पक्षको कमिटीका धरानका जिल्ला सदस्यहरूले भने बहिष्कार गरेका छन् । बुधबार बिहान धरानको होटेल ड्रिमल्यान्डमा बसेको बैठकले १०बुँदे, पार्टी निर्णय र कार्यदलको निर्णयविपरीत कमिटी गठन हुने गरी बसाएको बैठक वैध नहुने भन्दै उपस्थित नहुने निर्णय गरेको थियो । बैठकमा अध्यक्ष बस्नेतलगायत नेताहरू कोही पनि उपस्थित भएनन् । 

तत्कालीन निर्वाचित अध्यक्ष चौधरी असन्तुष्ट 
इटहरी उपमहानगरपालिकाका मेयर तथा पूर्वजिल्ला अध्यक्ष द्वारिकालाल चौधरीले आफू आधिकारिक अध्यक्ष भएको भन्दैं बैठकको अध्यक्ष आफूले गर्न पाउनुपर्ने भन्दै मञ्चको माइक खोसेका थिए । आफूले कार्यबाहक दिएका रमेश बस्नेतले कार्यक्रम बहिष्कार गर्ने र केन्द्रले तोकेका अध्यक्ष रेवतीरमणले पनि अध्यक्षता नगर्ने भएपछि आफूले अध्यक्षता गर्न पाउनुपर्ने उनको माग थियो । 

होहल्ला भएपछि केहीबेर बैठक अवरुद्ध भएको थियो । पार्टीमा केन्द्रले हस्तक्षेप गरी आफ्ना गोजीका मान्छेलाई अगाडि बढाइएको भन्दैं उनले आक्रोश पोखेका थिए । उनले बुधबार नै विज्ञप्ति जारी गरी प्रदेश कमिटीका सदस्यलाई कार्यक्रम सञ्चालन र केन्द्रीय कमिटी सदस्यलाई बैठकको अध्यक्षता गर्न दिएको भन्दै आपत्ति जनाएका छन् । विधानको व्यवस्थालाई उल्लंघन गरी बनाएको कमिटी अवैध भएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।