१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ कार्तिक २३ मंगलबार ०८:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सात वर्षीया बालिकाको हत्या

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २३ मंगलबार ०८:३५:००

लेकबेंसी नगरपालिका– १ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । लेकबेंसी इलाका प्रहरी कार्यालयले ढापखर्कनिवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनीषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा सोमबार शव फेला पारेको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बालिका आइतबार बिहान १०:०० बजे सामान किन्न भनी घरनजिकैको पसलमा गएकी,  तर घर नफर्केपछि परिवारले सोमबार बिहान ९:०० बजे इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो ।

खबर प्राप्त भएलगत्तै इप्रकाका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवाको नेतृत्वमा रहेको पाँच प्रहरीको टोलीले खोजतलास गर्दा  देवीलालको खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला पारेको थियोे । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टसहित कर्णाली प्रदेश प्रहरी अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान गरिरहेको जनाइएको छ ।