Skip This
भरतपुर सबस्टेसनको मर्मत सकियो, दुईवटै ट्रान्सफर्मर सञ्चालनमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २२ सोमबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २२ सोमबार १३:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भरतपुर सबस्टेसनको मर्मत सकियो, दुईवटै ट्रान्सफर्मर सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २२ सोमबार १३:४३:oo

चितवनको भरतपुर महानगरपालिकाको बसेनीमा रहेको १३२/११ केभी क्षमताको भरतपुर सबस्टेसनमा रहेका दुईवटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन्। नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मर पूर्ण रूपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगलाई पनि आइतबार साँझदेखि विद्युत् आपूर्ति गरेको छ। 

सबस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमध्ये एउटामा १३ र अर्कोमा १६ कात्तिकदेखि समस्या आएको थियो। प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मरलाई हटाएर सबस्टेसनमा जगेडामा रहेको २२.५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरी बिहीबारबाट घरायसी ग्राहकका लागि विद्युत् आपूर्ति गरेको थियो। एउटा ट्रान्सफर्मर जडान गरी ३६ घन्टापछि विद्युत् आपूर्ति सुरु गरिएको थियो।

कास्कीको लेखनाथ सबस्टेसनमा रहेको २२.५ एमभिए क्षमताको ट्रान्सफर्मर ल्याई भरतपुर सबस्टेसनमा जडान गरी त्यसलाई पनि आइतबार साँझबाट सञ्चालनमा ल्याइएको हो। सबस्टेसनको क्षमता अब ४५ एमभिए रहेकाले औद्योगिकसहित सबै ग्राहकलाई विद्युत् आपूर्तिको कुनै समस्या नरहेको प्राधिकरणको वितरण तथा ग्राहकसेवा केन्द्र भरतपुरका प्रमुख राजीवकुमार सिंहले बताए।  सिंहका अनुसार आँपटारीस्थित अर्को १३२/११ केभीको सबस्टेसनमा १५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान सुरु गरिएको छ। 

उक्त सबस्टेसनबाट विद्युत् आपूर्तिका लागि तीनवटा फिडर निकालिसकिएको छ। तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितको टोली मर्मतस्थलमा खटिएको थियो।