आगामी रणनीति तय गर्न सर्वोच्च अदालतका न्यायाधीशहरू छलफलमा जुटेका छन्। बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित मुद्दाको सुनुवाइ के गर्ने भन्ने विषयमा छलफल गर्न प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरू छलफलमा जुटेका हुन्।
न्यायालय सुधारका लागि भन्दै बार एसाेसिएसनसहित कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएका छन्। त्यसयता सर्वोच्चमा न्यायाधीशहरूको इजलास बस्न सकेको छैन। यसका बाबजुद प्रधानन्याायधीश जबराले आजका लागि ६ इजलासमा सात मुद्दाको पेसी तोकेका छन्। पेसी तोकिएका सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छन्।