१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ कार्तिक १७ बुधबार ०९:१०:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

नाटक निर्देशन कार्यशाला सम्पन्न

Read Time : < 1 मिनेट
२०७८ कार्तिक १७ बुधबार ०९:१०:००

गण्डकी प्रदेशका नाट्यकर्मीका लागि आयोजना गरिएको १० दिने नाटक निर्देशन कार्यशाला सम्पन्न भएको छ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा ५ कात्तिकदेखि कार्यशाला सुरु भएको थियो । कार्याशालाको आयोजना गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा थिएटरको सहकार्य भएको हो । 

कार्यशालामा प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङबाहेक नौ जिल्लाका २२ जना नाट्यकर्मी सहभागी थिए । सहभागीहरूलाई विभिन्न विषयका १५ जना प्रशिक्षकले प्रशिक्षणसँगै नाटकका विविध पक्षका बारे सहजीकरण गरेका थिए । समापन समारोहमा कार्यशालामा सहभागीहरूले तयार पारेका दुईवटा नाटक ‘ह्वाट इफ’ र ‘सन्तानको सौगात’ प्रदर्शन गरिएको थियो ।

समापन कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कला, साहित्य, भाषा, मौलिक संस्कृतिको जगेर्ना गर्दै प्रदेशलाई सुसंस्कृत बनाउने काममा लाग्न प्रतिष्ठानलाई आग्रह गरेका थिए । पोखरामा व्यक्तिगत प्रयासमा थिएटर स्थापना हुनु सकारात्मक रहेको बताए । उनले यस्ता थिएटर सरकारले स्थापना गर्नुपर्नेमा जोड पनि दिए ।