नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। शाहीले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष आफ्नो दाबी पेस गरेका हुन्।
गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि कांग्रेसका जीवनबहादुर शाहीले दाबी पेस गरेका हुन्। उनको शपथग्रहण आज साँझ साढे ८ बजे हुनेछ।