१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७८ कार्तिक ११ बिहीबार १७:३०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले पालिका अधिवेशन : संखुवासभाका आठ पालिकामा सर्वसम्मत

चैनपुरमा निर्वाचन गर्ने तयारी

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७८ कार्तिक ११ बिहीबार १७:३०:००

नेकपा (एमाले) संखुवासभाका दशवटा स्थानीय तहमध्ये आठवटा पालिकाको प्रथम अधिवेशन सर्वसम्मत सम्पन्न भएको छ। मंगलबार सुरु भएको पालिकाको अधिवेशनमा आकांक्षीहरू धेरै भएकाले मिलाउने क्रममा बिहीबारसम्म आठवटा पालिकाको मात्रै अधिवेशन सम्पन्न भएको नेकपा एमालेका जिल्ला सचिव खड्ग राईले जानकारी दिए। उनका अनुसार जिल्लाको आठवटा पालिकामा अधिवेशन सम्पन्न भएको छ।

बुधबार राति अबेर मात्रै भोटखोला गाउँपालिकामा किङसाङ भोटेको नेतृत्वमा पालिकास्तरका कमिटी बिस्तार भएको छ भने सभापोखरी गाउँपालिकामा आज बिहीबार अधिवेशन सञ्चालन भइरहेको छ। सभापोखरी गाउँपालिकाले पालिका अधिवेशनका लागि पूर्वतयारी नपुगेको कारण देखाउँदै बिहीबार मात्र आयोजना गरेको हो।

चैनपुरमा श्रेष्ठ र शाक्य आकांक्षी, एकले अर्कालाई नछोड्दा निर्वाचनको तयारी
मंगलबार सुरु भएको चैनपुर नगर कमिटीको नेतृत्व चयनमा सहमति जुटाउन नसकेपछि अधिवेशन लम्बिएको छ। आगामी शनिबारसम्म अधिवेशन लम्बिएको हो।  मुख्य पदमा आकांक्षी धेरै भएकाले सहमति जुटाउने प्रयास भएको सचिव राईले बताए।

अध्यक्ष पदमा आसस शाक्य र गोपाल श्रेष्ठले उम्मेदवारी दिएका छन्। श्रेष्ठ यसअघि दुई कार्यकाल अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका व्यक्ति हुन्। श्रेष्ठ दुई कार्यकाल अध्यक्ष भइसकेकाले अब नगर कमिटी अध्यक्ष आफूले पाउनुपर्ने शाक्यको भनाइ छ। एउटै व्यक्तिलाई एउटै पद पटकपटक दोहोर्याउन नहुने शाक्यले बताउँदै आएका छन्। आपसी समझदारी कायम गरी शनिबारसम्ममा सहमति जुटाउने गरी समयसीमा तोकिएको, तर शनिबारसम्ममा पनि सहमति नजुटे निर्वाचन हुने राईले बताए।
 
आठ पालिकामा कोको आए नेतृत्वमा ?
हालसम्म जिल्लाको खाँदबारी नगरपालिका, पाँचखपन नगरपालिका, मादी नगरपालिका, धर्मदेवी नगरपालिका, मकालु गाउँपालिका, सिलिचोङ गाउँपालिका, भोटखोला गाउँपालिका र चिचिला गाउँपालिकाको अधिवेशन सर्वसम्मत रूपमा चयन गर्दै सम्पन्न भएको छ। भोटखोला गाउँपालिकामा कुसाङ भोटे सर्वसम्मत पालिका अध्यक्ष चयन भएका छन्। त्यसैगरी, धर्मदेवी नगरपालिकाको नगर कमिटी अध्यक्षमा सूर्य पौडेल, उपाध्यक्षमा कविता श्रेष्ठ, सचिवमा चन्द्रकुमार पौडेल, उपसचिवहरू सोमकुमारी राया(शोभा) र टीकाराम दाहाल चयन भएका छन्।

खाँदबारी नगरपालिकामा देवेन्द्र घिमिरे अध्यक्ष चुनिएका छन्। उपाध्यक्षमा जेविन राई, सचिव झलक बुढाथोकी, उपसचिवहरू सरोज श्रेष्ठ र शान्ता थापा निर्वाचित भएका छन्। त्यसैगरी, पाँचखपन नगर कमिटीको अध्यक्षमा गोपालकुमार श्रेष्ठ निर्वाचित भएका छन्। सो नगर कमिटीको उपाध्यक्षमा गायत्रीप्रसाद दाहाल, सचिव राजन खड्का, उपसचिवहरू सुवास मोक्तान र ऋषिप्रसाद श्रेष्ठ चयन भएका हुन्।

मकालु गाउँपालिकामा ताराकुमार गुरुङ अध्यक्ष बनेका छन्। उपाध्यक्ष डिल्ली राई, सचिव वसन्तकुमार मेघी गुरुङ, सहसचिवहरू सुवास पोख्रेल र देशन राई चयन भएका छन्। चिचिला गाउँ कमिटी अध्यक्षमा लोकबहादुर घले चयन भएका छन्। उपाध्यक्ष उमा गुरुङ, सचिव राजकुमार राई, उपसचिवहरू अनिस गुरुङ र जयबहादुर गुरुङ चयन भएका हुन्। त्यस्तै, सिलिचोङ गाउँ कमिटीको अध्यक्षमा मेनुका राई, सचिवमा जितेन्द्र राई(जितेन) तथा उपसचिवमा कमल कार्की र सोमेन्द्र राई चयन भएका छन्।

मादी नगरपालिकाको नगर अधिवेशनले जीवन लिङ्थेपलाई अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा रामभक्त दाहाल, सचिव गिरिराज भण्डारी, सहसचिव खड्ग दर्जी र टंकप्रसाद दाहाल चयन भएका छन्। 

गत कात्तिक ६ गते संखुवासभाको ७६ वटै वडा अधिवेशन सम्पन्न भइसकेको छ। अहिले जिल्ला र प्रदेशको अधिवेशन भने टुंगाे नलागेको नेकपा एमालेका जिल्ला सचिव खड्ग राईले बताए।