मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १० बुधबार
  • Thursday, 19 December, 2024
२o७८ कार्तिक १० बुधबार १४:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन बृहत् नागरिक आन्दोलनद्वारा दलहरूको ध्यानाकर्षण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १० बुधबार १४:o६:oo

बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन दलहरूको ध्यानाकर्षण गरेको छ। बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लगाउन दलहरूको ध्यानाकर्षण गराएको हो। 

‘वर्तमान संकट निदानका लागि जागृत नेपाल बार एसोसिएसनहरू, पूर्वप्रधानन्याधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै हामी न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ। 

न्यायपालिकामा देखिएको संकट राजनीतिक दलहरूको राज्य सञ्चालन गर्ने कौशलको अभाव र आचरणको उपज भएको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘संसदीय सुनुवाइ समितिबाट अनुमोदनको मापदण्ड तय गर्ने तथा भागबन्डामा न्यायाधीश नियुक्तिको प्रथा बन्द गर्नेबारे प्रमुख दलहरूले आफ्नो दृष्टिकोण प्रस्ट पार्नु अपरिहार्य छ।’

न्यायपालिकामा देखिएको संकट समाधानतर्फ जिम्मेवार हुनुको सट्टा सत्ता र प्रतिपक्षका दलहरूबीच प्रतिशोध साँध्ने प्रतिस्पर्धा देखिनु गैरराजनीतिक व्यवहार भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।