१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ कार्तिक ९ मंगलबार २०:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुकुम्बासी समस्या समाधानको काम तीव्र रूपमा भइरहेको छ : मन्त्री श्रेष्ठ 

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ९ मंगलबार २०:०५:००

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सुकुम्बासी  समस्या समाधान गर्न तीव्र रूपमा काम भएको बताएकी छिन् । भरतपुरमा आयोजित राष्ट्रिय भूमिसम्बन्धी समस्या समाधान आयोगको प्रदेशस्तरीय समीक्षा तथा कार्ययोजना निर्माणसम्बन्धी गोष्ठीमा सहभागी हुन आएकी उनले संविधानमा भएअनुसारको लक्ष्य प्राप्तिको लागि काम भइरहेको बताएकी हुन् । 

‘कहिले लालपुर्जा वितरण हुन्छ भनेर नसोध्नू, म ज्याेतिष हैन, तर यथाशीघ्र यो काम हुन्छ,’ उनले भनिन् । परिणाम देखिने गरी काम भइरहेको उनले बताइन् । 

उनले विगतका आयोगले गरेका कामको मूल्यांकन गर्दै समस्या समाधान गरिने पनि बताइन् । उनले सरकार परिवर्तन भए पनि आयोगका पदाधिकारी परिवर्तन हुन नहुनेसमेत बताइन् । 

सरकार परिवर्तन हुँदा हुने आयोगका पदाधिकारी परिवर्तनले सुकुम्बासी समस्या समाधानमा कठिनाइ हुने उनको तर्क छ ।