१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ९ मंगलबार
  • Friday, 27 September, 2024
२o७८ कार्तिक ९ मंगलबार १६:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवामा सुकेको तातोपानी पुनः पलायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ९ मंगलबार १६:३३:oo

रसुवाको आमाछोदिङमाे गाउँपालिका- ५ तातोपानीस्थित सुकेको तातोपानी पुनः पलाएको छ। ०७२ को विनाशकारी भूकम्पले तातोपानी सुकेको थियो।  गत वर्ष भदौ मध्यतिर पुनः पलाएको तातोपानी गत वर्षकै माघमा फेरि सुक्यो।

आठ महिनापछि अहिले पुनः तातोपानी पलाएको स्थानीय नोर्चेल तामाङले बताए। ‘भूकम्पले सुकेको तातोपानी गत वर्ष पलाएको थियो, त्यसपछि फेरि सुक्यो। आठ महिनापछि अहिले फेरि पलाएको छ,’ उनले भने, ‘गत वर्षभन्दा अहिले दिनप्रतिदिन पानी तात्दै गएको छ, अबचाहिँ सुक्दैन कि भन्ने आशा लागेको छ।’ अहिले ६ वटै धाराबाट पानी आइरहेको छ।

तातोपानीको पोखरीमा नुहाएमा शरीरको खटिरा, दम, गानोगोला, बाथ, चर्मलगायतको रोग ठीक हुने धार्मिक तथा सांस्कृतिक विश्वास छ। तर, तातोपानीको मुहान सुकेपछि स्थानीय निराश भएका थिए। अहिले तातोपानी पुनः देखिन थालेपछि गुमेको व्यवसाय फर्किने आशा पलाएको भन्दै स्थानीयहरू खुसी भएका छन्। 

भूकम्पले तातोपानीको मुहान अन्यत्र सरेपछि कात्तिक महिनाबाट चैत महिनासम्म तातोपानीमा नुहाउन खचाखच भरिने यस पर्यटकीय क्षेत्र सुनसान हुन पुगेको थियो। भूकम्प अघिसम्म ४० डिग्री सेल्सियस तापक्रममा प्रतिसेकेन्ड सय लिटरको हाराहारीमा निस्कने गरेको पानी भूकम्पपछि हराएको थियो।

दुई हजार ६ सय ४५ मिटरको उचाइमा अवस्थित तातोपानीको कुण्डलाई भूकम्पको कम्पनले पुर्‍याएको क्षतिपश्चात् पुनः पहिलेको अवस्थामा फर्किएको हुँदा पर्यटकीय तथा धार्मिक स्थानको संरक्षणमा ध्यान दिनुपर्ने जानकारहरू बताउँछन्।