१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ९ मंगलबार
  • Friday, 20 September, 2024
२o७८ कार्तिक ९ मंगलबार o७:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पामा जहाज टिकटमा पाइलट र कर्मचारीको हालीमुहाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ९ मंगलबार o७:o८:oo

डोल्पामा जहाज टिकटमा चलखेलः पहुँचवाला एकै दिनमा उड्छन्,सर्वसाधारण हप्तौँसम्म एयरपोर्टमै छुट्छन् ,कर्णालीमा जहाज टिकट पाउन सिडिओदेखि मन्त्रीसम्मको पावर लगाउनुपर्छ 

कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, हुम्ला, मुगु लगायतका जिल्लाहरुमा आवतजावतका लागि सडक यातायातको राम्रो सुविधा छैन् । विकट जिल्ला डोल्पा र मुगुमा सडक जोडिएपनि सडक स्तरउन्नति नहुनुका साथै पक्की पुलहरु नबन्दा दर्जनाैँ ठाउँमा गाडी परिवर्तन गरेर जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । यसकारण पनि कर्णालीका जिल्लामा सडकमार्गबाट यात्रा गर्न जोखिमसँगै अत्यन्तै झन्झटिलो पनि छ । कर्णालीमा सडकको विकल्प हवाइ यातायात हो ।जहाजमा सजिलै र छोटोसमयमै विशाल पहाड छिचोल्दै गन्तव्यमा पुग्न सकिने भएकाले कर्णालीका नागरिकहरु हप्तौँ कुरेर भएनि जहाजनै रोज्ने गर्दछन् ।

जुफाल एयरपोर्टमा यात्रु खचाखच
डोल्पाको जुफाल विमानस्थलमा यात्रुहरु खचाखच भरिएका छन् । गाउँघरमा दसैँ मनाएर फर्किने सर्वसाधारण,विद्यार्थी र डोल्पाका पर्यटकीय क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण जुफाल विमानस्थल यात्रुहरुले खचाखच भरिएका हुन् । दैनिक दुईदेखि तीन वटासम्म मात्र उडान हुने भएकाले दैनिक यात्रुहरु थपिँदै गएको नागरिक उड्ययन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।

पहुँचवालालाई एकैछिनमा टिकट
जुफाल विमानस्थलमा पहुँचवाला मान्छेहरु एकै दिनमा उड्ने गरेका छन् । एयरलाइन्सका कर्मचारी,पाइलट,सिडिओ,सांसद र मन्त्रीका मान्छेहरु एकदिनमै उड्ने गरेका हुन् । जहाजको आशामा जुफाल विमानस्थल पुग्ने सर्वसाधारणहरु हप्तौँ कुर्दा पनि टिकट पाउँदैनन् । एयरलाइन्समा आबद्ध कर्मचारी र नेताहरुसँग चिनजानका व्यक्तिहरुले मात्रै टिकट पाउने गरेको एयरपोर्टमा पुगेका यात्रुहरुको गुनासो छ ।