१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ४ शुक्रबार १५:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जटिल प्रकृतिका पुराना बेरुजु फर्स्याेट गर्न समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार १५:o७:oo

जटिल प्रकृतिका वर्षौँदेखिका बेरुजु फर्स्याेट गर्न सरकारले समिति गठन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सामान्य प्रक्रियाबाट फर्स्याेट हुन नसकेका बेरुजु फर्स्याेट गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अधयक्षतामा बेरुजु फर्स्याेट समिति गठन गर्ने र समितिको कार्यक्षेत्र तोक्ने निर्णय गरेको हो।

महालेखापरीक्षक कार्यालयले अर्बौँको बेरुजु लामो समयदेखि उठ्न नसकेको भन्दै यसलाई सल्टाउन विगतदेखि नै अनुरोध गर्दै आएको छ। अर्थ मन्त्रालयको प्रस्तावमा समिति गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

त्यस्तै, समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितिको रिक्त पदमा ध्रुव आचार्य, ललिताकुमारी महर्जन र महेशप्रसाद काफ्लेलाई मनोनयन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी समितिमा तेजेन्द्रबहादुर खड्का, प्रदीपराज अधिकारी, गुणनिधि भुसाल, एकराज निरौला र भूपेन्द्रबहादुर सिंहलाई मनोनयनको निर्णय पनि भएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन वन्यजन्तु आरक्ष) विस्तार हुँदा निकुञ्जभित्र परेका नम्बरी आवादी जग्गाको सट्टाभर्ना समस्या समाधान गर्ने सम्बन्धमा उच्च अदालतका न्यायाधीश दयानन्द पनेरूको अध्यक्षतामा ६ सदस्यीय अधिकारसम्पन्न आयोग गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

वर्तमान सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता सबै मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्नेसम्बन्धी निर्णय पनि मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए। प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउनेलगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको छ।