१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
२o८१ असोज ४ शुक्रबार १४:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगजनी  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार १४:२२:oo

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– ४ दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगजनी भएको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पूर्व–पश्चिम राजमार्गमा भैरहवा रुपन्देहीबाट कुरिनटार चितवनको लागि जाँदै गरेको लु.२ख ५१३७ न. को भुस बोकेको ट्रकमा आज बिहान १० बजेतिर बर्दघाट ४ दाउन्ने जंगलमा आगजनी भएको हो । 

गाडीको इन्जिन तात्न गई अचानक ट्रकको अगाडिको भागबाट आगो सल्कँदा ट्रकको भुससमेतमा आगजनी भएको हो । आगजनीबाट ट्रक पूर्ण रूपमा क्षति भएको छ । 

बर्दघाट नगरपालिकाको दमकल, प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिइएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।