१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ४ शुक्रबार १४:४९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

दीपा राई पुनको ‘कुनै मधुर धुन’को म्युजिक भिडियो सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार १४:४९:oo

कवि एवं गीतकार दीपा राई पुनको गीत ‘कुनै मधुर धुन’को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार स्वयंको युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

दीपा राई पुनको शब्दमा मेलिना राईको स्वर रहेको छ। आधुनिक सुगम शैलीको गीतमा सचिन सिंहले संगीत संयोजन गरेका छन्। अकस्टिक नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत चन्द्र चौधरीले मिक्सिङ गरेका हुन्। म्युजिक भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ भने दिनेश पराजुलीको छायांकन र विकास पराजुलीको सम्पादन रहेको छ।

राजबाबु चौधरीले रेकर्ड गरेका यस गीतको प्रस्तुति गीतकारकी आमा विमला राईले गरेकी हुन्। फर्पिङ र उत्तर बाहिनीका सुन्दर ठाउँहरूमा छायांकन गरिएको यस गीतमा श्रास र रक्षाको अभिनय हेर्न पाइन्छ।

प्रवासमा बसेर नेपाली गीत, संगीत र कविताको क्षेत्रमा कलम चलाउँदै आएकी राईका दर्जनभन्दा बढी गीत रेकर्ड भइसकेका छन्। उनका कविता कृतिहरू पनि बजारमा छन्।