१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ५ शुक्रबार
  • Wednesday, 02 July, 2025
२o७८ कार्तिक ५ शुक्रबार ११:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी पारित हुन्छ : प्रधानमन्त्री देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ५ शुक्रबार ११:२४:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी संसदबाट पारित हुने बताएका छन्। धनगढीमा आज बिहान भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसिसी विनासंशोधन पारित हुने बताएका हुन्। संशोधन हुन्छ कि जस्ताको त्यस्तै पारित हुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘संशोधन गर्नुपर्ने केही छँदै छैन।’ एमसिसीबारे झुटाे प्रचार भइरहेको उनले दाबी गरे। एमसिसीमा नेपालकै कानुन लागू हुने अमेरिकाले भनिसकेकाे उनले बताए। ‘कसैले सित्तैमा दिन्छु भन्दा पनि चाहिएन भन्छन्,’ भन्दै देउवाले असन्तुष्टि व्यक्त गरे। ‘एमसिसीबारे झुटाे प्रचार भइरहेको छ। संशोधन गर्नुपर्ने केही छैन,’ उनले भने।

वर्ल्ड बैंक, एडिबीजस्ता दातृ निकायले दिने ऋणमा अन्तर्राष्ट्रिय कानुन लागू हुने भए पनि एमसिसी अनुदान भएकाले नेपालकै कानुन लागू हुने उनको भनाइ थियो। ‘वर्ल्ड बैंक, एडिबी छ नि नेपालको कानुन उनीहरूमा लागू हुँदैन। झगडा परे अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ,’ देउवाले भने, ‘ऋण हो त्यो। एमसिसी त अनुदान हो। नेपालको कानुन लागू हुन्छ। नेपालको कानुन नै एमसिसीभन्दा माथि हुन्छ उनीहरूले भनिसके। नेपालकै कानुनभन्दा तल हो एमसिसी भनिसके।’ 

सुदूरपश्चिममा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा आएका देउवाले काठमाडौं फर्केपछि राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई सम्बोधन गर्ने गरी सरकारले कार्यक्रम ल्याउने जनाए। बाढीपहिरोले सुदूरपश्चिममा अकल्पनीय क्षति भएको देउवाले बताए।  ‘तत्काल गर्न सकिने राहत, व्यवस्थापन तथा दीर्घकालीन पुनर्स्थापना, पुनर्निर्माणका कार्यक्रम ल्याउँछौँ,’ उनले भने। ‘अर्ली’ निर्वाचनको जिज्ञासाबारे देउवाले गठबन्धनको सल्लाहअनुसार हुने बताए।