![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/deuba-and-balkrishna2021-10-19-12-16-18.jpeg)
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबान प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई बालुवाटार बोलाएर यस्तो निर्देशन दिएका हुन्।
केही दिनयताको अविरल वर्षाका कारण सुदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानले जनजीवन प्रभावित भएको छ। प्रधानमन्त्री देउवाले गृहमन्त्री खाणलाई प्रभावितहरूको तत्काल उद्धार गरी राहतको व्यवस्था गर्न निर्देशन दिएका प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।