मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २८ बिहीबार
  • Tuesday, 17 December, 2024
रासस बलेवा
२o७८ असोज २८ बिहीबार १४:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यस वर्ष खुल्यो कालभैरव मन्दिर, भक्तजनको घुइँचो

Read Time : < 1 मिनेट
रासस बलेवा
नयाँ पत्रिका बलेवा
२o७८ असोज २८ बिहीबार १४:१४:oo

नवरात्र सुरु भएदेखि नै दर्शनार्थीको घुइँचो लागेको बलेवा कालभैरवको मन्दिरमा यस वर्षको नवमीमा विगतका वर्षमा भन्दा धेरै भक्तजनको घुइँचो लागेको छ। यहाँ अवस्थित कालभैरवको दर्शन गर्न गण्डकी प्रदेशका अधिकांश जिल्ला तथा छिमेकी प्रदेशबाट समेत दर्शनार्थी आएका छन् । आफूले गरेका भाकल पूरा हुने जनविश्वास रहेकाले यहाँ कालभैरवको दर्शन गर्न आउने गर्दछन् ।

अघिल्ला दुई वर्ष कोरोना महामारीले सुनसानजस्तै बनेको बागलुङ नगरपालिका– १२ अमलाचौरमा रहेको कालभैरव मन्दिरमा नवरात्र सुरु भएपछि दर्शन गर्नेको चहलपहल बढेको मन्दिर व्यवस्थापन गुठीले जनाएको छ। बागलुङ नगरपालिका–१२ का वडाध्यक्ष गुरुदत्त पाठकले दुई वर्षपछि मन्दिर खुलेकाले यस वर्ष भिड बढेको बताए।

यहाँ विशेष गरी नवरात्रको सुरुवातदेखि मन्दिरमा दर्शनार्थी पुग्ने गर्छन्। यहाँ नवमीको दिन मात्रै पाँच हजार धेरै दर्शनार्थीले पूजाआजा गरेका छन्। बलि र साधारण दुवै पूजाका लागि यहाँ दर्शनार्थी पुगेका हुन्। बलेवा कोटको पूजा र कालभैरवको दर्शनका लागि पुग्नेहरूको संख्या उल्लेख्य रहेको स्थानीयवासी राम पाठकले बताए।

तत्कालीन बलेवा कोटअन्तर्गत हालका ६ वटा वडाका अधिकांश सर्वसाधारण नवमीकै दिन बलेवा कालभैरवको मन्दिर दर्शनका लागि पुग्ने गरेका छन्। यहाँ दसैँमा हाँस, कुखुरा, बोका, पाडाको बलि दिइन्छ भने चामलको पीठोको रोट तथा नरिवल भैरवलाई प्रसादस्वरूप चढाउने प्रचलन छ।

मन्दिर परिसरको व्यवस्थापन, बलि र रोटको राम्रो व्यवस्था गरिएकाले पनि दर्शनार्थीले सहजै यहाँ पूजाआजा गर्न सक्छन्। ध्वजाले पुरिएको कालभैरवको मूर्ति देख्न पाइँदैन। गुप्त रहेको मूर्तिमा पूजाआजा गर्दा भाकल गरेको सबै प्राप्ति हुने जनविश्वास छ।