सहमहामन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा नेपाली कांग्रेसको टोली आज भारत प्रस्थान गर्ने भएको छ। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा सत्तारुढ कांग्रेस टोली बिहीबार भारत जान लागेको कांग्रेसले जनाएको छ। सहमहामन्त्री डा. महतले भ्रमणबारे जानकारी दिँदै भ्रमण दुई पार्टीबीचकोे सम्बन्ध विस्तारमा केन्द्रित हुने बताए।
भ्रमणका क्रममा दिल्ली, लखनउ र बनारसमा भेटघाट कार्यक्रम राखिएको र भारतका उच्चपदस्थ नेताहरूसँग समेत छलफल हुने उनले जानकारी दिए। भेटका क्रममा हुने छलफल र अन्तर्क्रियाले दुई पार्टी र दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरे।