१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २० बुधबार
  • Saturday, 29 June, 2024
एजेन्सी
२o७८ असोज २० बुधबार १५:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

बच्चालाई प्लास्टिकका खेलौना दिनु कति हानिकारक ? 

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७८ असोज २० बुधबार १५:१o:oo

बच्चाको दाँत निस्किने समयमा टिथर्स वा प्लास्टिकको खेलौना चपाउन दिनुपर्छ भन्ने आमविश्वास छ। तर, यसो गरिनु घातक साबित हुन सक्छ। एक अनुसन्धानले बच्चाको शरीरमा वयस्कको भन्दा १५ गुणा बढी माइक्रोप्लास्टिक भेटिएको पाइएको छ। माइक्रोप्लास्टिक पाँच एमएमभन्दा कम मोटाइ भएको प्लास्टिकको स–साना कण हो। यस्ता कण घरमा प्रयोग गरिने सिन्थेटिक कार्पेट तथा सिन्थेटिक कपडाबाट निस्किन्छ। यस्ता प्लास्टिकका कतिपय कण आँखाले देख्न नसकिने खालको हुन्छ।  

बच्चाहरूमा आफूले भेटेका प्रायजसो चिज मुखमा हाल्ने बानी हुने भएकाले उनीहरूको शरीरमा यस्तो प्लास्टिकका कण बढी पाइएको हो। यसका साथै अभिभावकहरूले आफ्ना बालबच्चालाई प्लास्टिकका निप्पलजस्ता सामान खेलाउन दिने भएर पनि यस्तो समस्या देखिएको हो। यस्ता सामानहरूमा माइक्रो प्लास्टिक पोलिइथिन टेराफ्लाट (पिइटी) तथा पोलिकार्बोनेट (पिसी) हुन्छ। अमेरिकामा हरेक १० बच्चामध्य ६ जनामा माइक्रोप्लास्टिकको मात्रा बढी पाइएको छ। 

अमेरिकाको ड्युक युनिभर्सिटीको अनुसन्धानअनुसार माछामा पनि माइक्रोप्लास्टिक भेटिएको छ। यस्ता प्लास्टिकले माछामा पनि नराम्रो असर पार्छ। माइक्रोप्लास्टिकको उत्पादनमा कमी आएमा मात्र यसबाट बच्न सकिन्छ। प्लास्टिकबाट बच्नका लागि सिन्थेटिक फाइबरको प्रयोगमा पनि कमी ल्याउन जरुरी छ।
 

ad
ad
ad
ad