राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले राष्ट्रिय हितअनुकूल पारेर मात्रै एमसिसी परियोजना पारित गर्नुपर्ने बताएका छन् । राप्रपा नेता सोभित उप्रेतीद्वारा काठमाडौंमा बिहीबार आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।
राणाले मुलुकलाई ठूला दलले दिशाहीन बनाएको आरोप पनि लगाए । ‘मुलुकको राजनीतिले ठूलो पार्टीबाट मुक्ति खोजेको छ । पार्टीको आसन्न महाधिवेशनपछि हामी सडकमा आउने तयारीमा छौँ,’ राणाले भने ।
राप्रपाले हिन्दूराष्ट्रका लागि अभियान सञ्चालन गर्ने पनि उनले बताए ।