मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ७ बिहीबार १३:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हामी जबजलाई आत्मसात् गर्न चाहन्छौँ : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ७ बिहीबार १३:४९:००

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवाद (जबज)लाई आत्मसात् गर्न चाहेको बताएका छन्। पार्टीनिकट युवा संघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेपालले जनताको बहुदलीय जनवादको मूल्य र मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने बताएका हुन्।

उनले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरूको जीवनबाट प्रेरणा लिएर आफ्नो पार्टी अघि बढने प्रतिबद्धतासमेत जनाए। ‘जनताको बहुदलीय जनवादलाई हामी आत्मसात् गर्न चाहन्छौं। र, त्यसको मूल्य र मान्यताको रक्षा गर्न चाहन्छौँ,’ नेता नेपालले भने।

उनले माओ, होचिमिन्हजस्ता नेताहरूले विश्व कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

अर्को प्रसंगमा नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुनेबित्तिकै युवाहरूलाई रोजगारी दिने बताउँदै पार्टीमा आबद्ध युवाहरूले सामाजिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।