१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका कावासोती
२०७८ असोज ३ आइतबार १७:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको छ : कुलमान घिसिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कावासोती
२०७८ असोज ३ आइतबार १७:३७:००

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताएका छन् । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको निरीक्षणका क्रममा नवलपुर आइपुगेका निर्देशक घिसिङले प्रसारण लाइन नभएकै कारण विद्युत् खपत बढाउन नसकेको बताए ।

“उद्योगीले बत्ती नपाउने, अर्कोतिर खेर जाने भएको छ । यसैले खपत बढाउन प्रसारण लाइन चाँडै बनाउन आवश्यक छ,” उनले भने, “हामीले यसका लागि पहल गरिरहेका छौँ । राज्यका सबै संयन्त्रले सहयोग गर्नुपर्यो ।” 

निर्देशक घिसिङले प्रसारण लाइन निर्माणको क्रममा विभिन्न अवरोध हुँदा कामले प्रगति हासिल गर्न नसकेको भन्दै सबैको सहयोग आवश्यक रहेको बताए । प्रसारण लाइनका कारण दैनिक विद्युत् खेर गएको, तर पाउनुपर्ने उद्योगीले नपाएको उनको भनाइ छ । रासस