मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २ शनिबार १०:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लिंगो ठड्याएर इन्द्रजात्रा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २ शनिबार १०:३५:००

आजदेखि काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरु भएको छ । बिहान ७ बजेर ५१ मिनेट जाँदा वसन्तपुरमा लिंगो (यःशी) ठड्याएर जात्राको सुरुवात गरिएको हो ।

आठ दिन चल्ने यो जात्राका क्रममा हरेक दिन फरक–फरक नेवारी नाच, झाँकी र संस्कृति प्रस्तुत गरिन्छ । इन्द्रजात्रा अवधिभर वसन्तपुर क्षेत्रमा उत्सवमय जात्रा र नाचगान प्रस्तुत गरिन्छ। यस क्रममा लाखे, पुलकिशी, कुमारी, भैरव, गणेश, देवी, इन्द्र, दश अवतारलगायतको जात्रा देखाइने इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिए।

शाक्यका अनुसार आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले जात्रा अवलोकन र टीका–प्रसाद ग्रहण गर्नेछिन् ।