१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ३१ बिहीबार
  • Saturday, 28 September, 2024
२o७८ भदौ ३१ बिहीबार o६:oo:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘नेपालमा लगानी भित्र्याउन पहल गर्छु’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ३१ बिहीबार o६:oo:oo

नेपालका लागि बेलायती राजदूत निकोला पिलोटले नेपालको विकासमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई)ले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । बुधबार नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको छलफलमा उनले नेपालमा विदेशी लगानी अभिवृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । 

राजदूत पिलोटले नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको भन्दै बेलायती लगानीकर्ता नेपाल भित्र्याउन आफूले पहल गर्ने बताए । ‘नेपालको एफडिआईले महत्वपूर्ण भूमिका खेल्न सक्छ,’ उनले भने । आउँदा दिन वातावरणीय परिवर्तनका दृष्टिकोणले चुनौतीपूर्ण हुने राजदूत पिलोटको भनाइ थियो ।

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि निजी क्षेत्रले काम गर्न सक्ने बताउँदै उनले भने, ‘हरित ऊर्जा प्रवद्र्धनका लागि निजी क्षेत्रले काम गर्न सक्छ ।’ कोभिडको नकारात्मक प्रभाव परेको बताउँदै उनले मानवीय र विकास सहायताको क्षेत्रमा बेलायतले नेपाललाई महत्वपूर्ण सहयोग गरेको उल्लेख गरे ।