मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २७ आइतबार
  • Friday, 20 December, 2024
२o७८ भदौ २७ आइतबार १o:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देवडोल कृषि सहकारीको १० प्रतिशत लाभांश घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २७ आइतबार १o:oo:oo

सूर्यविनायक नगरपालिका– ३ मा रहेकाे देवडोल कृषि सहकारी संस्थाको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  शनिबार सम्पन्न साधारणसभामा संस्थाकी अध्यक्ष अम्बिका ढुंगानाले संस्थाको आर्थिक वर्ष ०७७/७८ को कार्य प्रगति विवरण प्रस्तुत गर्दै संस्थामा ९४ जना सदस्यको रु. ३८ लाख सेयर पुँजी कायम रहेको, बचत १६ लाख संकलन भएको र कर्जा लगानी ४६ लाख गरिएको जानकारी गराइन् ।

उनले अघिल्लो आर्थिक वर्षमा  कर्जा लगानी गरी प्राप्त ब्याजबाट सबै खर्च कटाई सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गरिएको जानकारी दिइन् । त्यस्तै, आर्थिक वर्षमा  ०७८/७९ को भावी योजना प्रस्तुत गर्दै सेयर पुँजी रु. १ करोड पुर्‍याउने र कर्जा लगानी एक करोड ५० लाख गरिने संस्थाको लक्ष्य रहेको उल्लेख गरिन् ।

साधारणसभाले गणेश शाही ठकुरीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सुनिता नेपाल सचिवमा राजन ढुंगाना, कोषाध्यक्षमा विजेता अधिकारी र सदस्यहरूमा जयराम भट्टराई, लेखनाथ पराजुली, सम्झना दाहाल, नवराज नेपाल र सिर्जना बाँस्तोला छानिएका छन् । सभाले यादवप्रसाद पोखरेललाई लेखा सुपरिवेक्षण समितिको संयोजक तोकेको छ भने ऋण समिति चयन गर्ने जिम्मेवारी नयाँ कार्यसमितिलाई दिएको छ ।