क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्रिस्टिया फ्रिल्यान्डलाई अर्थमन्त्रीको भूमिकाबाट हटाएका छन् । खराब समयमा लिएको यस कदमले ट्रुडो सरकारको अस्तित्व संकटमा परेको छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्रिस्टिया फ्रिल्यान्डलाई अर्थमन्त्रीको भूमिकाबाट हटाएका छन् । खराब समयमा लिएको निर्णयमा कदमले ट्रुडोकै सरकारका लागि थप समस्या निम्त्याएको छ । आर्थिक गिरावटबारे आलोचनात्मक अभिव्यक्ति दिनुपछि उपप्रधान तथा अर्थमन्त्री फ्रिल्यान्डले मन्त्रिपरिषद्बाट राजीनामा दिएकी थिइन् । उनले आफ्नो भनाइमा डोनाल्ड ट्रम्पले क्यानडामाथि लगाउने भनेको भन्सार शुल्क खतराको चिन्ता पनि व्यक्त गरेकी थिइन् ।
सामाजिक सञ्जालमा गरिएको पोस्टमा फ्रिल्यान्डले ट्रुडोले आफूलाई अर्थमन्त्रीको पदबाट राजीनामा दिन र मन्त्रालयको जिम्मेवारी पुनः दिने आश्वासन दिएको बताइन् । उनले यस प्रस्तावको सट्टा राजीनामा दिने निर्णय गरिन् । तर, उनी लिबरल पार्टीकी सांसदको पदमा भने कायम रहनेछिन् । फ्रिल्यान्डले ट्रुडोको विश्वास गुमाएको भए पनि टु«डोले चालेको कदम अनुपयुक्त भएको धेरै राजनीतिक टिप्पणीकारले बताएका छन् ।
राजनीति भर्सेज अर्थतन्त्र
ट्रुडो सरकार विगत दुई वर्ष यता अर्थतन्त्र सम्हाल्न कमजोर देखिएको छ । यसले चुनाव नजिकिदैं गर्दा उनी र उनको पार्टीलाई लोकप्रिय कदम चाल्न प्रेरित गरेको छ । यसमा क्यानडामा हाल चलिरहेको जिएसटी छुट् र २५० क्यानडेली डलरका चेकहरू पर्छन् । यो नयाँ वर्ष सबै कामकाजी मानिसलाई दिईदैछ ।
जिएसटी छुट अन्तरगत मानिसहरूले अर्को दुई महिनासम्म किराना र केही आवश्यक वस्तुहरूको खरिदमा वस्तु तथा सेवा कर तिर्नुपर्ने छैनन् । प्रधानमन्त्रीलाई लेखेको पत्रमा फ्रिल्यान्डले यी उपायलाई ‘महँगो राजनीतिक छल’ भन्दै एक अप्रत्यक्ष सन्दर्भ जोडेकी छिन् । कर छुटले संघीय सरकारलाई १.४६ अर्ब क्यानेडली डलर र हार्मोनाइज्ड सेल्स ट्याक्स (एचएसटी) भएका प्रान्तलाई १.२६ अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ ।
डिसेम्बर १४ मा सुरु भएको जिएसटी छुट् सन् २०२५ को फेब्रुअरी १५ सम्म चल्नेछ । जिएसटी÷एचएसटीका लागि कुनै दाबी प्रक्रिया छैन, किनभने यो आपूर्ति शृंखलाको शीर्षमा रहेको हुनाले पसललाई कर लगाइनेछैन । यद्यपि, धेरै राजनीतिक टिप्पणीकारले यी उपायलाई ‘पपुलिस्ट’ मान्दैनन् । बरु मुद्रास्फीति र महँगो आवासले महङ्गी बढेको वेला सरकारले जनतालाई दिएको सहुलियतको रूपमा व्याख्या गरेका छन् ।
ट्रम्पको चेतावनीलाई गम्भीर रूपमा लिन सुझाव
फ्रिल्यान्डको विश्वासमा यी कदम पछाडिको दोस्रो कारण, यसले अमेरिकासँग आसन्न भन्सार शुल्क युद्धलाई कमजोर पार्न सक्छ भन्ने छ । उनले आफ्नो पत्रमा भनेकी छिन् कि ट्रम्पको धम्कीलाई ‘अत्यन्त गम्भीरताका साथ’ लिनु आवश्यक छ । पत्रले स्पष्ट पार्छ कि उनी जिएसटी छुट् र चेकको पक्षमा थिइनन्, किनकि यसले सरकारी वित्तमा हानि ल्याउनेछ ।
क्यानडा सरकारले ट्रम्पको २५ प्रतिशत शुल्क लगाउने धम्कीको जवाफ दिने तयारी गरिरहेको छ । विचार गरिएका उपायमध्ये एक प्रतिशोधात्मक शुल्क हो, ट्रम्पले एल्युमिनियम र स्टिलमा शुल्क लगाउँदा क्यानडाले चालेको कदमजस्तै हुनेछ । यो एक स्मार्ट कदम मानिएको थियो । किनकि यसले अन्ततः अघिल्लो ट्रम्प प्रशासनलाई उसले लगाएको शुल्क हटाउन बाध्य बनायो । उदाहरणका लागि क्यानडाले दहीमा प्रतिशोधात्मक १० प्रतिशत शुल्क लगायो । जसमध्ये धेरैजसो विस्कन्सिनको एउटा स्थानबाट आएको थियो, जुन अमेरिकाका तत्कालीन सभामुख पल रायनको गृहराज्य थियो । यो कार्य राजनीतिक थियो, जसले राष्ट्रपति ट्रम्पको कदमविरुद्धको ध्यानाकर्षण गर्यो ।
यसपटक ट्रम्पको २५ प्रतिशत भन्सार शुल्कको धम्कीले क्यानडा सरकारलाई गम्भीर समस्यामा पारेको छ । भन्सार शुल्क लडाइँको सम्भावनाका बावजुद ट्रुडोको शान्त हुन आह्वानलाई फ्रिल्यान्डले यसलाई उनी पर्याप्त गम्भीर नभएको ढंगले बुझिन् । क्यानडा सरकारले गत वर्षदेखि ट्रम्पको पुनरागमनका लागि तयारी गरिरहेको थियो । सम्बन्धित सरोकारवालाहरू, विशेषगरी रिपब्लिकनसँग वार्ता गर्न अमेरिकामा उनीहरूको दूतावास र वाणिज्य दूतावास सक्रिय पारिएको थियो र प्रधानमन्त्री ट्रुडो ट्रम्पले शुल्क घोषणा गरेलगत्तै उनलाई भेट्न मार–ए–लागो पुगेका थिए ।
लिबरल पार्टीभित्रको आन्तरिक झगडा
अन्तमा, उल्लेख नगरिएको पक्ष हो, लिबरल पार्टीको आन्तरिक गतिशीलता हो, जसको परिणामस्वरूप फ्रिल्यान्ड र ट्रुडोबिच गत वर्षमा अविश्वास बढेको थियो । ट्रुडो र उनको घनिष्ठ मित्र तथा सहयोगी क्रिस्टिया फ्रिल्यान्डबिचको चिसो सम्बन्ध जुलाईदेखि सुरु भएको अनुमान गरिएको छ । ‘ग्लोब एन्ड मेल’ले अज्ञात स्रोतलाई उद्धृत गर्दै प्रधानमन्त्री र फ्रिल्यान्डको कार्यालयबिच तनाव बढ्दै गएको बताएको छ । ट्रुडोलाई अर्को वर्षको चुनावअघि नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्न लिबरल पार्टीभित्र त्यही वेला दबाब बढिरहेको थियो ।
ट्रुडोले नयाँ नेतृत्वको लागि प्रधानमन्त्री पद छाड्ने छनोट गरेको अवस्थामा फ्रिल्यान्डलाई सम्भावित उत्तराधिकारीको रूपमा पनि हेरिएको थियो । यी दुईबिचको बढ्दो दरारका लागि यो पनि अर्को सम्भावित कारण हुन सक्छ । ट्रुडोले फ्रिल्यान्डको बफादारीमा पनि शंका गरेका हुन सक्छन् । नेसनल पोस्टले जुलाईमा लेखेको छ, ‘कागजमा, फ्रिल्यान्डसँग संघीय पार्टीको नेतृत्व गर्न आवश्यक स्मार्ट सीप छन् ।’ यद्यपि, आर्थिक नीति र आमजनतासँग उनको सूक्ष्म सम्भ्रान्त दृष्टिकोणका कारण जनता र मतदातासँग जोडिन नसकेकोमा यसले उनको महत्वव घटाइदियो ।
फ्रिल्यान्डको राजीनामाले के अर्थ राख्छ ?
फ्रिल्यान्डको राजीनामाको निर्णयले निम्त्याएको अवस्था ट्रुडोले टार्न सक्थे । यसले उनको सरकारको क्षमता र आफ्नै मन्त्रीहरूको विश्वासमाथि पनि प्रश्न खडा गरेको छ । आफूलाई पनि राजीनामा दिन भनिएकाले पुनः निर्वाचित हुन नचाहेको भन्दै आवासमन्त्री सिन फ्रेजरले पनि राजीनामा दिएका थिए । क्यानडेली सञ्चार माध्यमका अनुसार मन्त्रिपरिषद् फेरबदल चाँडोभन्दा चाँडो हुन सक्छ । जस्टिन ट्रुडोले नियन्त्रण गुमाएको तर ‘सत्तामा झुन्डिइरहेको’ विपक्षी नेता पियरे पोइलिभ्रेले आरोप लगाएका छन् ।
सेप्टेम्बरमा ट्रुडो सरकारलाई दिँदै आएको आफ्नो समर्थन फिर्ता लिएको तर अझै पनि यसको पूर्ण बहिर्गमनलाई रोकेको एनडिपीले एक विज्ञप्तिमार्फत लिबरल पार्टी र कन्जर्भेटिभ दुवैलाई देशको आवश्यकताप्रति बेवास्ता गरेको आरोप लगायो । विज्ञप्तिमा एनडिपी नेता जगमित सिंहले भने, ‘ट्रुडोको दाहिने हात मानिने मन्त्रीको राजीनामाले यो लिबरल सरकारका सदस्य कति गहिरो अन्तर्घात र क्यानेडियनले दैनिक सामना गरिरहेका अत्यावश्यक चुनौतीलाई बेवास्ता गर्नमा व्याकुल छन् भनेर देखाउँछ ।’ उनले लिबरलबीचको अराजकतामाझ जनताको दुर्दशा बेवास्तामा परेको आरोप लगाए ।
यद्यपि यो ट्रुडोका लागि ठुलो राजनीतिक प्रहार हो, जसले संघीय चुनावमा लिबरलको चुनावी विश्वसनीयतालाई थप घटाउँन सक्छ । उनको सरकार अर्को चुनावसम्म कायम रहने वा नरहने भन्ने कुरा अब एनडिपी र ब्लक कुब्कोइसमा मात्र निर्भर छ ।
–एनडिटिभीबाट