१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ भदौ २३ बुधबार १३:१२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

शीर्ष नेताहरूको पछि लाग्नु कमजोरी भयो : सुरेन्द्र पाण्डे

Read Time : > 1 मिनेट
२०७८ भदौ २३ बुधबार १३:१२:००

नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले आफूहरू नेताहरूको पछि लाग्नु नै कमजोरी भएको बताएका छन्।  बुधबार बिहान प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

दोस्रो तहका नेताहरूले शीर्ष नेताको पछाडि लाग्नु नै नेकपा र नेकपा एमाले विभाजन हुनुको कारक भएको उनको ठम्याइ छ।  ‘दोस्रो तहका नेताहरू शीर्ष नेताहरूको पछाडि लाग्नु नै कमजोरी भयो भन्ने लाग्छ। हामी कोही केपी कम्रेडको पछि नलागेको भए, कोही माधव, झलनाथ या वामदेवको पछि नलागेको भए पुरानो जेनेरेसनतर्फ नलागेको भए।  त्यसको डिजाइनमा नलागेको भए हामी यो विभाजन रोक्न सक्थ्यौँ ।  पछिल्लो समय हामीले जुन प्रयास गर्‍यौँ यो पाेहोर साल गर्न सक्नुपर्दथ्यो।  पार्टी जोगाउनुपर्छ, नेताहरूको पछि लाग्नुहुँदैन भनेर कतै पनि नलागी रोक्ने कर्तव्य हो भनेर लागेको भए पार्टी विभाजन हुने थिएन,’ उनले भने।   

समग्र पार्टी र समग्र आन्दोलनलाई जोगाउने कुरालाई बेलैमा आफूहरूले नसोचेको उनले स्वीकार गरेका छन्।  ‘हामीले समग्र आन्दोलन र समग्र पार्टीतर्फ सोचेर कुनै नेतातर्फ नलागेको भए सबै जोगिन्थ्यो,’ उनले दोहोर्‍याए । यद्यपि, यसलाई आफूहरूले पाठका रूपमा लिएको र आगामी दिनमा सच्याएर लैजाने बताए।  

यसअगाडि मंगलबार पोखरामा भएको कार्यक्रममा अध्यक्ष केपी ओलीले अब पार्टी २ जेठ ०७५ मा फर्कन्न भनेको विषयमा राखिएका जिज्ञासामा नेता पाण्डेले त्यसलाई आफूले पनि सँगै बसेर सुनेको जवाफ दिए।  आफूहरू मूलभूत रूपमा २ जेठमै फर्केको तर्क गर्दै १०बुँदे सहमतिअनुरूप पार्टी २ जेठमा फर्कँदासमेत माधव नेपालले पार्टी छोड्नु आपत्तिजनक रहेको उनको भनाइ छ।  

‘कम्रेड ओलीले सम्बोधन गर्दा म सँगै थिएँ।  हामीहरू मूलभूत रूपमा २ जेठमै फर्केका छौँ ।  त्यसअगाडि उहाँहरू (ओली पक्ष)ले राखेका बैठक र निर्णय खारेज गर्ने र हामी (तत्कालीन माधव नेपाल पक्ष) ले गरेको भेलालगायतका गतिविधि अन्त्य गर्ने सहमति हो।  माओवादीबाट आउनुभएका नेताहरूलाई कहीँ न कहीँ एड्जस्ट गर्नैपर्थ्यो। त्यो काम भएको छ।  उहाँ सचिवालयमा हुनुहुन्थ्यो।  एमालेमा सचिवालय छैन।  त्यसो भएको हुनाले स्थायी कमिटीमा हुनुहुन्छ।  तर, १०बुँदे सहमति हुँदा पनि माधव नेपालले पार्टी छोड्नु दुःखद् हो,’ उनले भने।  

नेता पाण्डेले उही विचार र दृष्टिकोण बोकेर नयाँ पार्टी खोल्नुको औचित्य नरहने बताए।  विगत ०५४ सालमा पार्टी विभाजन भएको दृष्टान्त दिँदै उनले भने, ‘उही जबज, उही पुष्पलाल, उही मनमोहनको विचार बोकेर नयाँ पार्टी खोल्नुको औचित्य छैन।  केवल आपसी गालीगलौज गर्दा फलानाले पेल्यो भन्ने आधारमा पार्टी विभाजनको औचित्य छैन।  यसमा आमजनताको सरोकारको विषय रहँदैन ।’ 

एमसिसीको विषयमा दुवैथरीलाई कसैले उचालेका छन् 
पूर्वअर्थमन्त्रीसमेत रहेका नेता सुरेन्द्र पाण्डले एमसिसीको विषयमा छिट्टै पारित गर्नुपर्छ भन्ने र पारित गर्न नै हुन्न भन्दै सडकमा उत्रने दुवै पक्षलाई एउटै शक्तिले उचालेको आरोप लगाए ।

एमसिसीको विषय संसदमा प्रवेश नै नगरेको भन्दै यसरी सडक–चोकमा आन्दोलन गरिहाल्नुपर्ने र पक्षमा पनि यो ढंगले बोलिहाल्नुपर्ने आवश्यक नरहेको उनको टिप्पणी छ।  आफूले एमसिसीको विषयमा यसअगाडि कहीँ कतै धारणा सार्वजनिक नगरेको दाबी गरेका उनले संसदमा पेस भएपछि धारणा राख्ने बताए।  एमसिसीमा त्यस्तो खराब प्रावधान नरहेको उनको संकेत थियो।