मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २३ बुधबार ०७:३३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘हुन्डाई फेस्टिभ डिलाइट २०७७’ विजेतालाई गाडी हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २३ बुधबार ०७:३३:००

हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अघिल्लो वर्षको चाडपर्व स्किम ‘यसपालिको दसैँ–तिहार, वेलकम टू हुन्डाई परिवार’ योजना विजेतालाई उपहार हस्तान्तरण गरेको छ । कम्पनीले श्यामप्रसाद पौडेललाई ग्रान्ड आई १० नियोस म्याग्ना र चतनारायण सापकोटालाई हुन्डाई अउरा (एस) गाडीको साँचो हस्तान्तरण गरेको हो । 

कोभिड–१९ को दोस्रो लहरका कारण सम्पूर्ण जनजीवन नै अस्तव्यस्त भएकाले गत वर्षको लक्की ड्र केही ढिला गरी गरिएको कम्पनीले जनाएको छ । यसका साथै भदौ २४ गते बिहीबारबाट आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ योजना ल्याएको कम्पनीले जनाएको छ ।

यस वर्ष पनि ग्राहकले विगतमा जस्तै नगद छुट, बम्पर उपहारका साथ थुप्रै स्किम पाउने जनाइएको छ । लक्ष्मी हुन्डाईले सधैँ ग्राहकलाई उत्कृष्ट अफर र खरिद एक्स्पिरियन्स प्रदान गर्दै आएको कम्पनीको दाबी छ ।  कम्पनीले देशभरमा १३ सोरुम र १७ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।