१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १९ शनिबार
  • Friday, 05 July, 2024
कृष्णप्रसाद सिटौला
नयाँ पत्रिका काठमाडाैं
२o७८ भदौ १९ शनिबार १o:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

संघीयतापछिको  पहिलो महाधिवेशन  भएकाले महत्वपूर्ण छ

अन्तर्वार्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ १९ शनिबार १o:२o:oo

क्रियाशील सदस्यतासम्बन्धी विवाद नसकीकनै महाधिवेशन कार्यतालिका सुरु भएको छ । यसले महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुनेमा आशंका पनि व्यक्त भइरहेको छ नि !
वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको समय निकै छ । बीचमा चाडपर्वहरू पनि पर्ने भएकाले केन्द्रीय कार्यसमितिले सर्वसम्मतले नै कार्यतालिका बनाएको हो । शुक्रबारदेखि महाधिवेशनको प्रक्रिया सुरु भएको छ । मलाई लाग्छ, २४–२५ गतेभित्रमा देशभरिका वडा अधिवेशन सम्पन्न हुन्छन् । क्रियाशील सदस्यताको विवाद मिलाउनका लागि सबै नीतिगत निर्णय भइसकेको छ ।

सानोतिनो प्राविधिक कारणले केही अड्किएको होला, त्यो सबै केन्द्रीय कार्यालयले मिलाउँछ भन्ने मेरो विश्वास हो । अब कुनै पनि कारणले हामीले महाधिवेशनलाई प्रभावित हुन दिनुहुँदैन । २७ भदौसम्ममा पालिकाहरूको अधिवेशन पनि सकिन्छ र क्षेत्रीय अधिवेशनसम्म आइपुग्दा देशभरिका एक सय ६५ निर्वाचन क्षेत्रमा एकैपटक अधिवेशन हुन्छ भन्नेमा पूर्ण विश्वस्त छु । 

जनस्तरका संगठनहरूमा सर्वसम्मतले नै निर्णयहरू भएका छन् । जतिजति माथिल्लो तहमा पुगिन्छ प्रतिस्पर्धा त्यति नै बढेर जान्छ । देश संघीयतामा गइसकेपछिको पहिलो महाधिवेशन भएकाले पनि यो महाधिवेशन महत्वपूर्ण छ । कोभिडका कारणले केही ठाउँहरूमा जोखिम मोलेर अधिवेशनमा भाग लिनुपर्ने भएको छ । तर, अब सबै नेताहरू एक भएर महाधिवेशनलाई अगाडि बढाउनुको विकल्प छैन ।

बाँकी रहेका जिल्लाहरूको क्रियाशील सदस्यसम्बन्धी विवादले अधिवेशनका आगामी चरणलाई असर गर्ने सम्भावना कति रहन्छ ? यसको समाधानका लागि तपाईंहरूका माग के हुन् ? 
केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले अधिकांश क्षेत्रको विवाद समाधान गरेको छ । केही क्षेत्रको विवाद समाधानका लागि केन्द्रीय नेता तहले नै निर्णय गरोस् भनेर छानबिन समितिले सुझाब दिएको हो । बारा, सप्तरी, सर्लाही र धनुषाका केही क्षेत्रमा विवाद छ । यसको समाधान गर्नका लागि म, मीनेन्द्र रिजाल र रमेश लेखकजीले निर्णय गर्ने भन्ने जिम्मेवारी छ । अब दुई दिनभित्र हामी सबै नीतिगत निर्णय गर्छौँ । महाधिवेशनको कार्यतालिका अब प्रभावित हुन दिनुहुँदैन । 

महाधिवेशनमा तपाईं छुट्टै प्यानल बनाएर जानुहुन्छ कि संस्थापन वा इतर पक्षमध्ये एकलाई सहयोग गर्नुहुन्छ ?
मेरो आफ्नो धार देशव्यापी रूपमा छ । पार्टीभित्रको प्रतिस्पर्धामा मैले नेतृत्व गरेको जुन धार छ, त्यसले निरन्तरता पाउनेछ । हामी महाधिवेशनमा सहभागी हुनेछौँ । पार्टीभित्रको हाम्रो धार पूर्ण र विस्तारित छ ।

रामचन्द्र पौडेल पक्षले साझा उम्मेदवार तय गर्ने घोषणा नै भएको छ । तपाईंसँग पनि सल्लाह भएको होला नि ? 
मसँग सल्लाह भएको छैन । उहाँहरूले साझा उम्मेदवार बनाउने भनेर त चार वर्षअघिदेखि भन्दै आउनुभएको छ नि ! 

 

ad
ad
ad
ad