१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १८ शुक्रबार
  • Friday, 05 July, 2024
रञ्जन भण्डारी महोत्तरी
२o७८ भदौ १८ शुक्रबार १३:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
प्रदेश डिजिटल संस्करण

प्रदेश सरकारद्वारा स्थानीय तह र सेनालाई दमकल सहयोग

Read Time : < 1 मिनेट
रञ्जन भण्डारी महोत्तरी
नयाँ पत्रिका महोत्तरी
२o७८ भदौ १८ शुक्रबार १३:२५:oo

प्रदेश २ सरकारले महोत्तरीका दुई स्थानीय तहलाई र नेपाली सेनालाई दमकल प्रदान गरेको छ। रामगोपालपुर नगरपालिका, सम्सी गाउँपालिका र नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वार्टर बर्दिवासलाई एक–एकवटा गरी जम्मा तीनवटा दमकल उपलब्ध गराइएको हो।

प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयबाट उपलब्ध गराइएको दमकल मन्त्री भरतप्रसाद साहले नगरप्रमुख अशोककुमार मण्डल, गाउँपालिका उपाध्यक्ष नगिना देवी र नेपाली सेनाका मध्यपूर्वी पृतनाका प्रतिनिधलाई हस्तान्तरण गरेका हुन्।

जिल्लामा जलेश्वर, गौशाला र बर्दिवासस्थित छिन्नमस्ता गणमा रहेका एक–एक थान दमकल आगलागी नियन्त्रणका लागि अपुग रहेको अवस्थामा प्रदेश सरकारले उपलब्ध गराएको बारुण यन्त्रले जिल्लामा आगलागीबाट हुने क्षति कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

महोत्तरीमा गत आर्थिक वर्षमा आगलागीबाट चार महिला र एक पुरुषको मृत्यु हुँदा १३ महिला, पाँच पुरुष र तीन बालबालिका घाइते भए। आगलागीबाट १८ घर पूर्ण रूपमा र २४ घर आंशिक रूपमा क्षति हुँदा करिब तीन करोड २९ लाख ८८ हजारको क्षति भएको थियो।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराईले स्थानीय तहहरूले सडक थप फराकिलो बनाउन प्रयास गरे भित्री ग्रामीण बस्तीहरूमा समेत दमकलको सहज पहुँच हुने बताए।

ad
ad
ad
ad