Skip This
सामाजिक सञ्जालका कारण फैलिँदो विकृति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १६ सोमबार
  • Monday, 08 July, 2024
२o७८ फाल्गुण १६ सोमबार o९:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

सामाजिक सञ्जालका कारण फैलिँदो विकृति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १६ सोमबार o९:३o:oo

नेपालमा टिकटकलगायत विभिन्न सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । एन्ड्रोइड मोबाइलमा सहज पहुँचले गर्दा सामाजिक सञ्जालको प्रयोग बढेको हो । तीमध्ये केहीले यसलाई सकारात्मक रूपमा प्रयोग गरेको र केहीले भने नकारात्मक प्रयोग गर्दै समाजमा अश्लीलता फैलाइरहेको समेत भेटिन्छ । नेपालको समाज, संस्कृति र परिवेशअनुसार सेन्सर गर्न सक्ने कुनै आधार नहुँदा टिकटकले अहिले सकारात्मकभन्दा नकारात्मक सन्देश प्रवाह गरिरहेको छ ।

मैथिली र भोजपुरीका नेपालकै स्थानीय गायकगायिका तथा छिमेकी भारतका विहार तथा युपीका केही गायक–गायिकाले गाउने दोहोरो अर्थका गीत र सोही प्रकृतिका नाचले टिकटकभन्दा पनि बढी अश्लीलता फैलाइरहेका छन् । नेपालमै तयार हुने यस्ता गीतले हामीलाई गिज्याइरहेका वेला भारतमा तयार भई नेपाली समाजमा छ्यापछयाप्ती पुग्ने केही भारतीय गीतलाई सार्वजनिक स्थलहरूमा बजाउन रोक्नसमेत नसकिएको अवस्था छ । यस्ता गीत र नृत्य नदेखाउन, नबजाउन कतैबाट पनि पहल हुन नसक्दा यसले समाजमा विकृति बढ्ने खतरा छ ।

तिजलगायत विभिन्न अवसरमा गाइने कतिपय गीतमा समेत अश्लीलता देखिन्छ । ¥याप गीतमा अश्लील शब्दको प्रयोग गर्दा केही गायक प्रहरी कारबाहीमा समेत परिसकेका छन् । तर, अश्लील वा दोहोरो अर्थ लाग्ने शब्दका गीत बजाउँदा या त्यस्तो नाच देखाउँदा तराई मधेसमा भने कुनै कारबाही भएको देखिन्न । सम्भवतः यसकै कारण यहाँ यस्ता प्रवृत्तिका गीत र नाच मौलाइरहेका छन् ।

सरस्वती पूजा, विश्वकर्मा पूजा, गणेश पूजा, दुर्गा पूजालगायत विभिन्न देवी–देउताका नाममा गरिने पूजाआजामा समेत अहिले विकृति मौलाउँदै अर्केस्ट्रा नाचको होडबाजी चल्न थालेको छ । तिनै गायक–गायिकाका अभद्र र अश्लील शब्दका गीतमा सांस्कृतिक कार्यक्रमका नाममा अश्लीलता पस्किनेहरू बढ्न थालेका छन् । नेपालकै विभिन्न स्थान र भारतबाट समेत महँगोमा कलाकार मगाई समाजमा विकृति फैलाउन स्थानीय राजनीतिकर्मी, समाजसेवी र समाजमा दबदबा राख्ने व्यक्तिहरूले नै यसलाई प्रश्रय दिएको देखिन्छ । महोत्तरीमा यस्तै एक कार्यक्रममा विवाद हुँदा एकजनाले ज्यानसमेत गुमाइसकेका छन् ।

अश्लील गीत र नाचले समाज विकृत हुने र आउँदो पुस्तामा यसको कुप्रभाव पर्ने भएकाले वेलैमा यसको नियन्त्रणका उपायबारे सरोकारवालाहरूले सोच्नु आवश्यक छ
 

सामाजिक सञ्जालको बेरोकटोक प्रयोग र यसलाई रोक्न या नियमन गर्न सक्ने मजबुत कानुन अभावका कारण यस्तो विकृतिले प्रश्रय पाइरहेको छ । गाउँघरमा कसैको बिहे, व्रतबन्ध वा अन्य कुनै कार्यक्रम हुँदा वा कुनै राजनीतिक कार्यक्रम हुँदा ठूलो स्वरमा यस्ता गीत बजिरहँदा विकृति अन्त्यको कल्पना गर्नसमेत कठिन हुँदै गएको छ । चर्को ध्वनिका कारण मुटुरोगीको ज्यानसमेत जोखिममा पर्ने खतरा छ । अश्लील गीत र नाचले समाज विकृत हुने र आउँदो पुस्तामा यसको कुप्रभाव पर्ने भएकाले वेलैमा यसको नियन्त्रणका उपायबारे सरोकारवालाले सोच्नु आवश्यक छ ।

समाजबाट मुख्य रूपमा यस्तो अश्लीलता फैलाउने गायक, कलाकार र नर्तक, नर्तकीलाई बहिष्कार गर्नु आवश्यक छ । उनीहरूलाई दण्डित गर्नु आवश्यक छ । देशमा यस्तो गर्नेहरूविरुद्ध कडा कानुन बनाउनु आवश्यक छ । स्थानीय तहहरूले समेत आफ्नो वडा, गाउँ र नगरबाट यस्ता प्रकृतिका गीतसंगीतमा पूर्ण रूपमा बन्देज लगाउन सक्नुपर्छ । यस्ता कार्यमा संलग्नमध्ये केहीलाई मात्र कारबाही गर्न सके पनि यसमा केही सुधार्न हुने सक्ने थियो । 

सामान्यतः परिवारका सम्पूर्ण सदस्य एकै स्थानमा उपस्थित भएर सुन्न र हेर्न सकिने गीत तथा नृत्य मात्र प्रस्तुत गर्नेतर्फ हामी सबैको ध्यान जानु जरुरी छ । परिवारका सदस्यले सुन्लान् कि भनेर डराई–डराई कतिन्जेल यस्ता अश्लील गीत सुनेर तथा नृत्य हेरेर ‘मनोरञ्जन’ लिइरहने ? तसर्थ, हाम्रो सामाजिकता बचाउनैका लागि पनि आफ्नो घरको उत्सवमा भद्दा र दोहोरो अर्थ लाग्ने गीत बजाउन बन्द गरेमा सभ्य समाज निर्माणमा योगदान पुग्न सक्छ । त्यसैले, यस्ता द्विअर्थी गीत–संगीतबाट आफू पनि बचौँ र समाजलाई पनि बचाऔँ । 

ad
ad
ad
ad