१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १८ शुक्रबार
  • Saturday, 28 September, 2024
शान्ता कमली लमजुङ
२o७८ भदौ १८ शुक्रबार ११:१९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा खुल्न थाले विद्यालय

Read Time : > 1 मिनेट
शान्ता कमली लमजुङ
नयाँ पत्रिका लमजुङ
२o७८ भदौ १८ शुक्रबार ११:१९:oo

कोरोना जोखिमबीच लमजुङमा सामुदायिक विद्यालयले स्वास्थ्य मापदण्ड अपनाउँदै भौतिक रूपमै पढाइ सुरु गरेका छन्। ग्रामीण विद्यालयमा अनलाइन कक्षा प्रभावकारी नभएपछि स्थानीय तहका विद्यालयले भौतिक रूपमै पठनपाठन सुरु गरेका हुन्।

जिल्लाको बेंसीसहर नगरपालिका, दोर्दी, दूधपोखरी र मर्स्याङ्दी गाउँपालिकाका विद्यालयले एक सातादेखि भौतिक रूपमा नै पठनपाठन सुरु गरेका छन्। जनविकास मावि बेंसीसहरका प्रधानाध्यापक रत्नमान श्रेष्ठले एक सातादेखि भौतिक रूपमा पठनपाठन सुरु गरिएको बताए। विद्यालयमा तीन सेसनमा पठनपाठन सञ्चालन भइरहेको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ। सरकारले जारी गरेको स्मार्ट लकडाउनको अवधारणाको विद्यालयमा अभ्यास थालेको बेंसीसहर नगरपालिका– २ भकुण्डेस्थित बालकल्याण माविका प्रधानाध्यपक तीर्थराज न्यौपानेले बताए।

बेंसीसहर नगरपालिकाका केही विद्यालयमा भौतिक रूपमै कक्षा सञ्चालन गरिए पनि धेरै विद्यालयले भने अनलाइन कक्षा चलाइरहेका छन्। तर, यो प्रभावकारी नभएको बताइँदै आइएको छ। लकडाउनपछि घर फर्केका विद्यार्थी पुनः विद्यालयको सम्पर्कमा समेत नपुगेको बेंसीसहर– ११ चितीका अभिभावक सन्तकुमारी श्रेष्ठले बताइन्। जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयले यसअघि नै प्रत्यक्ष कक्षा सञ्चालन गरे पनि बजार क्षेत्रमा भने वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिने प्रयास गरिएको थियो। ग्रामीण क्षेत्रमा इन्टरनेटको सहज पहुँच नहुँदा वैकल्पिक माध्यमबाट पढाउन समस्या आएको दोर्दी गाउँपालिकाका प्रमुख ओमबहादुर गुरुङले बताए। उनले भने, ‘ग्रामीण क्षेत्रमा विद्यार्थीको संख्या धेरै नभएकाले स्वास्थ्य सुरक्षाको सावधानी अपनाएर विद्यार्थीलाई भौतिक रूपमै पठनपाठनलाई निरन्तरता दिइएको हो। ग्रामीण क्षेत्रका विद्यार्थीमा इन्टरनेटको पहुँच नहुँदा पनि अनलाइन कक्षा प्रभावकारी नभएको उनले बताए ।

प्रशासनले भने कोरोनाको जोखिम कायमै रहेको भन्दै भदौ २० सम्म निषेधाज्ञा लम्ब्याएको छ । कोभिड– १९ संकट व्यवस्थापन समितिले भौतिक उपस्थितिमा गरिने शैक्षिक गतिविधिमा रोक लगाएको छ । तर, स्थानीय तहले प्रशासनको निर्देशनलाई अवज्ञा गरी विद्यालय सञ्चालनमा रहेका छन्। ‘कोरोना संक्रमणको जोखिम घटेको छैन,’ प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले भने, ‘स्थानीय तहले अधिकारको प्रयोग गर्दै विद्यालय खुलाएका छन्। जिल्लामा तीन सय ४७ सामुदायिक र ३७ संस्थागत विद्यालय रहेका छन्।