मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज ७ बुधबार ०६:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रेस काउन्सिलको युवा पत्रकारिता पुरस्कार नयाँ पत्रिकाकर्मी कमलीलाई

Read Time : < 1 मिनेट
२०७७ असोज ७ बुधबार ०६:४६:००

प्रेस काउन्सिल नेपालको युवा पत्रकारिता पुरस्कार ०७७ बाट नयाँ पत्रिका राष्ट्रिय दैनिकका लागि लमजुङ संवाददाता शान्ता कमली पुरस्कृत भएकी छन् । ०६८ सालदेखि लमजुङमा बसेर क्रियाशील रूपमा पत्रकारिता गर्दै आएकी नयाँ पत्रिकाकर्मी कमलीलाई काउन्सिलको युवा पत्रकारिता पुरस्कार ०७७ बाट पुरस्कृत गरिएको हो ।

मंगलबार नेपाल पत्रकार महासंघको कार्यालयमा आयोजित प्रेस काउन्सिल नेपालको ५१औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए । कमलीलाई नगद १५ हजार र सम्मानपत्रले सम्मान गरिएको हो ।

काउन्सिलले छापा पत्रकारिता क्षेत्रमार्फत राष्ट्रलाई पुर्‍याएको योगदानको सम्मान गर्दै युवा पत्रकारिता पुरस्कार कमलीलाई प्रदान गरिएको हो । ०६८ सालदेखि पत्रकारिता क्षेत्रमा लागेकी कमली नयाँ पत्रिका राष्ट्रिय दैनिक लमजुङ संवाददाता, नेपाल पत्रकार महासंघ लमजुङकी कोषाध्यक्ष र संचारिका समूह नेपाल लमजुङकी अध्यक्ष हुन् ।