मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १७ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १७ बिहीबार १३:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंमा भोलि कांग्रेसको वडा अधिवेशन हुने सम्भावना टर्‍यो : निर्वाचन समिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १७ बिहीबार १३:४१:oo

नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवरण उपलब्ध नगराएपछि राजधानी काठमाडौंमै निर्धारित समयमा वडा अधिवेशन नहुने सम्भावना बढेको छ। कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म ५६ जिल्लामा निर्वाचन अधिकृत खटाएर निर्वाचनको तयारी भइरहेको छ।

बाँकी जिल्लामा भने कांग्रेसले क्रियाशील सदस्यताको विवरण उपलब्ध नगराउँदा भदौ १८ गते शुक्रबारका लागि तोकिएको मितिमा अधिवेशन नहुने भएको हो। निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेका अनुसार छानबिन समितिले केही जिल्लाको क्रियाशील सदस्यताको विवरण उपलब्ध गराएको छैन।

उनका अनुसार राजधानी काठमाडौंकै विवरण उपलब्ध नहुँदा भोलिको अधिवेशनको सम्भावना टरेको छ। काठमाडौंको विवरण शुक्रबारसम्म आएमा भदौ २२  या २३ मा अधिवेशन हुने सम्भावना रहेको घिमिरेले बताए।

निर्वाचन निर्देशिकामा भोलि सम्भव नभएका वडामा अर्को मितिमा निर्वाचन गर्न सक्ने व्यवस्था गरिएको छ। ‘अहिलेसम्म विवरण नआएकाले काठमाडौंको अधिवेशन भोलि हुने सम्भावना छैन। शुक्रबारसम्म विवरण उपलब्ध भएमा भदौ २२  या २३ मा अधिवेशन हुन्छ,’ घिमिरेले नयाँ पत्रिकासँग भने।