१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १४ सोमबार
  • Monday, 01 July, 2024
नवीन लोचनमगर रोल्पा
२o७८ भदौ १४ सोमबार १८:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बेपत्ता पारिएका परिवारको पीडा : श्रीमानसँगै लालपुर्जा हरायो, मिटर जडान गर्न अर्को जग्गा किनेँ

Read Time : < 1 मिनेट
नवीन लोचनमगर रोल्पा
नयाँ पत्रिका रोल्पा
२o७८ भदौ १४ सोमबार १८:२१:oo

विश्व बेपत्ता दिवसको सन्दर्भमा रोल्पाको लिवाङमा अन्तर्क्रिया गरिएको छ। द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल लुम्बिनी प्रदेशको आयोजना, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा र नेपाल महिला सामुदायिक केन्द्रको सहआयोजनामा सोमबार आयोजित अन्तर्क्रियामा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवार र सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले नगरपालिकाका द्वन्द्वपीडितलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको जानकारी दिए। नगरले गर्ने हरेक क्रियाकलापमा सहिद तथा बेपत्ता परिवार र द्वन्द्वपीडितलाई प्राथमिकता दिएको उनको भनाइ छ।

यस्तै, सरकारी वकिल कार्यालय रोल्पाका प्रमुख नुमराज खनालले द्वन्द्वपीडितका सवालमा सबै संवेदनशील हुनुपर्ने भन्दै बेपत्ताका कतिपय विषय अदालतले पनि समाधान गर्न सक्ने भएकाले त्यसतर्फ आवश्यक पहल गर्न सरोकारवालालाई आग्रह गरे।

अन्तर्क्रियामा भाग लिँदै जंकाेटनिवासी द्वन्द्वपीडित पुनिखना विकले आफ्नो श्रीमान् २२ वर्षअघि बेपत्ता भएको र अहिलेसम्म अत्तोपत्तो नभएको बताइन्। घरजग्गाको लालपुर्जासमेत श्रीमानसँगै हराएकाले मृत्यु दर्ताविना नामसारी गर्न पनि मालपोतले नमानेको भन्दै पुनिखनाले विद्युतको मिटर बक्स जडानका लागि पनि अर्को जग्गा खरिद गरी त्यसैको लालपुर्जा पेस गरेर जडान गरेको उनको भनाइ छ । उनले मृतक, बेपत्ता दुवै आयोगमा नाम नभएकोले अहिलेसम्म कुनै पनि राहत नपाएको गुनासो गरिन् ।

जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार रोल्पामा ३३ जना बेपत्ता पारिएका छन् भने नेपाल रेडक्रस सोसाइटीको तथ्यांकमा ६५ जना बेपत्ता पारिएका छन्। यसअघि मृतकमा नाम लेखाएपछि सरकारले दिने राहत पाउने भनिएपछि कतिपयले मृतकका नाम लेखाएका छन्।

ad
ad
ad
ad